काठमाडौँ — चाइनिज पेस्तोल र ६ राउन्ड गोलीसहित प्रहरीले बुधबार राति गणेश लामालाई पक्राउ गरेको छ ।
गुण्डा नाइकेका रुपमा चिनिएका लामा यसअघि लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए ।
उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए।
गौशालाको पशुपति भिजनमा गोली चलेको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्दा लामा भेटिएका थिए। यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ ।
लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ । घटनाबारे विस्तृतमा बुझ्न प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल पनि गौशला वृत्त पुगिसकेका छन् । उनले भने, ‘गोली कसैलार्इ लागेको छैन । सोधपुछ भइरहेको छ ।’
लामा भिजनमा रहेको जिम हलबाट कसरत गरेर फर्कँदै गर्दा पक्राउ परेका हुन् । पोखरेलले भने, ‘थप अनुसन्धान सुरु गरिसकेका छौं ।’
काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले लामालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको जानकारी दिए।
स्रोतः कान्तिपुर, अनलाइनखबर लगायत
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ