काठमाडौं १ चैत्र– प्रधानमन्त्री नियुक्त भएको झण्डै एक महिनापछि केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका छन् ।
फागुन ३ गते प्रधानमन्त्री नियुक्त ओलीले शुक्रवारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा सहभागि गराउने पहल स्वरुप मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको एमालेका नेताहरु बताउँछन् । फोरमले सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ भने राजपाले सकारात्मक संकेत दिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बुधवार बताएका थिए । माओवादीले आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ ।
मन्त्रीका आकाक्षी धेरै भएपछि एमालेले टुंगो लगाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पटक–पटक छलफल भइसकेको छ ।
फोरम र राजपालाई समेत सरकारमा सहभागी गराउँदा एमालेको भागमा बाँकी ३ मन्त्रालय पर्ने देखिएको छ । तीन मध्ये प्रदीप ज्ञवाली मन्त्री बन्ने निश्चित भएको एमाले स्रोत दाबी गर्छ । बाँकी २ मध्ये एकमा रवीन्द्र अधिकारीको सम्भावना प्रवल छ ।
मन्त्री बन्न नपाएकालाई राज्यमन्त्री, संसदीय समितिको सभापति र प्रमुख सचेतक बनाउने आश्वासन नेताहरुले पाएका छन् । संसदीय समितिको सभापतिको हैसियत राज्यमन्त्री सरह हुन्छ । ‘मन्त्रीको अवसर नपाएकालाई समितिको सभापति बनाउने तयारी छ’ एमालेका एक नेताले बताए ।
लगातार चुनाव जितेका सांसदले मन्त्री बन्ने अवसर नपाए संसदीय समितिको सभापति पाउने छन् । प्रतिनिधि सभामा ७ वटा समिति रहने प्रस्ताव गरिएको छ । ती मध्ये सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले लिने संसदीय परंपरा छ ।
गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले फागुन २७ मा विश्वासको मत लिएका थिए । प्रधानमन्त्री बनेको दिन दुई र पछि चार गरी ६ जनालाई ओलीले मन्त्री बनाइसकेका छन् ।
माओवादीले टुंगायो मन्त्री बन्नेको नाम, भोलि शपथ !
नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको माओवादीका शीर्ष नेताको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाएको हो ।
माओवादीका तर्फवाट वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने तय भएको स्रोतको दाबी छ । कञ्चनपुरबाट चुनाव जितेकी विना पहिलो पटक मन्त्री बन्न लागेकी हुन् । उनी स्व.प्रकाश दाहालकी पत्नी हुन् ।
देवेन्द्र पौडेल र चन्द्रप्रकाश खनाल बलदेबको पनि मन्त्री बन्ने चर्चा छ । यसअघि रामबहादुर थापा र मातृका यादव माओवादीको तर्फबाट मन्त्री बनिसकेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी, संघीय समाजवादी फोरम र एमालेका मन्त्रीहरुलाई सहभागि गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले फागुन २७ मा विश्वासको मत लिएका थिए ।
-लोकान्तरबाट
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान