काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री बनेका छन् भने माओवादीका पाँच मन्त्री बनेका छन् ।
चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसामू सपथ लिएका छन् । लगतै राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् ।
https://www.facebook.com/gandaknews/videos/794669350725319/
ओली सरकारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बनेका छन् । उनी एमाले सचिव पनि हुन् । अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ । शुक्रबार मात्र महिला बालबालिकाबाट फुटाएर श्रम तथा रोजगार मन्त्रालय बनाइएको थियो ।
यस्तै रविन्द्र अधिकारीलाई पर्यटन, रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी पूर्वअर्थमन्त्री हुन् । गिरिराजमणि पोखरेल शिक्षामन्त्री बन्दा पूर्वगृहमन्त्री समेत रहेका शक्ति बस्नेतले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्नेकी छन् ।
यसअघि नै मन्त्री भइसकेका लालबाबु पण्डितको मन्त्रालय हेरफेर भएको छ । उनलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
शुक्रबार नै चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । एमालेबाट गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बनेका छन् । सञ्चार मन्त्री नियुक्त नगर्ने र बास्केटाले मन्त्रिपरिषद् बैठकमा सहभागी हुने गरी राज्यमन्त्री बनाइएको हो ।
यस्तै पद्मा अर्याल स्वाथ्य राज्य, धनबहादुर बुढा पर्यटनराज्य र रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छन् । अर्याल र बुढा एमाले तथा चौधरी माओवादी सांसद हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए।
अनलाइनखबरबाट
सम्बन्धित खबर
भारतमा बेचिएका दुई किशोरीको उद्धार
काठमाडौँका सतुङ्गल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको क्षति
यी स्थानमा भारी वर्षाको सम्भावना
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि