काठमाडौँ, २ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लालबाबु पण्डितले पाएका छन् । यसअघि जनसंख्या तथा वातावरणमन्त्री रहेका पण्डितले आज भएको मन्त्रिमण्डल विस्तारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मिलेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको हो । जिम्मेवारी पाएसँगै उनले आज मन्त्रालयमा आई कार्यभार समालेका हुन् । कार्यभार समाल्दै उनले कर्मचारीलाई मुलुकको सुशासनमा दृढ भएर लाग्न आग्रह गरे ।
उनले संघीय व्यवस्थाको जग बसाउने जिम्मेवारी यस मन्त्रालयको रहेको भन्दै सबैले इमान्दारितापूर्वक काम गरी कर्मचारीतन्त्रको व्यावसायिक मूल्यमान्यता अनुरुप काम गर्नुपर्ने बताए । उनले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने गरी मन्त्रालयले समन्वयकारी ढंगले काम गर्नसमेत निर्देशन दिए ।
उनले स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि–२०७२ को नमूना स्वीकृत गरे । उनलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र शंकर कोइराला लगायतले स्वागत गरेका थिए ।
जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा पाउँदा पदभार ग्रहण गर्दै मन्त्री पण्डित । तस्बिर: रासस
वातावरण मन्त्री भएकै दिनदेखि उनले वातावरणको क्षेत्रमा काम गर्ने गरी विभिन्न योजना बनाएका थिए ।
.
.
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
होस्टेलको खाटमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आफन्तले लगाइदिए स्कूलमा आगो
आजदेखि सोह्र श्राद्ध शुरु
आज देशभरको मौसम कस्तो रहन्छ?
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि