काठमाण्डौ, २ चैत्र / नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
शुक्रबार सपथ लिएपछि पदभार ग्रहण गर्दै उनले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । मन्त्री अधिकारीले भारत र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी एक महिनाभित्र टुंग्याउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् ।
उनले निजगढ विमाानस्थललाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सुरुदेखि नै अगुवाई गरेका अधिकारीले पोखरा विमानस्थललाई पनि उत्तिकै महत्वका साथ हेरेका छन् ।
https://www.facebook.com/gandaknews/videos/794669350725319/
सम्बन्धित खबर
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, दर्जनौँ घर भत्किए
नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी
कक्षा १२ को परीक्षा आगामी बैशाखमा
देशभर बदली र वर्षाको सम्भावना
अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले दिएन: महासचिव पोखरेल
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल