चितवन, ९ चैत । नारायणगढ मुग्लिन सडकमा माथिबाट झरेको ढुंगाले किचेर माइक्रोबस चालकको मृत्यु भएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोबस इच्छाकामना ५ खहरेमा आइपुग्दा माथिबाट चालकको सिटमाथि ढुंगा खसेको प्रहरीले जनाएको छ ।
निधन हुने चालक मकवानपुर जिल्ला दामन–६ का २८ वर्षीय दीपक रुम्बा रहेको चितवन प्रहरीले जनाएको छ ।दुर्घटनापछि घाइते भएका चालकलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयमा डिएसपी प्रभुप्रसाद ढकालले बताएका छन् ।
बसका अन्य यात्रु भने सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । निर्माणको काम सुरु भएपछि उक्त बाटो हुँदै यात्रा गर्नेहरुको ज्यानै जाने गरेर भएको यो तेस्रो घटना हो । सो सडकमा यसअघि पहिरो खस्दा पाँचजनाको ज्यान गएको छ । एकजना वेपत्ता छन् ।
निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डको म्याद बुधबार मात्रै चौथोपटक थपिएको छ । साे सडकमा विस्तारकाे काम भइ रहेकाे छ। बिहान १० बजेदेखि चार बजेसम्म बाटाे बन्द हुन्छ। बन्द खुले लगत्तै साे घटना भएकाे हाे।

photo: kantipurdaily
सडकमाथि पहाडमा डढेलाे लागेकाे र त्यसैका कारण ढुंगा खसेकाे नारायणगढ-मुग्लिन सडक अायाेजनाकाे सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। घटनापछि गाडी अावत जावतमा पनि समस्या परेकाे थियाे। अाज रातमा सकेसम्म साे सडकमा यात्रा नगर्न खनालकाे सुझाव छ।
गाडीमा यात्रा गर्नेहरुमध्ये पहिरोका कारणले तीनजना घाइते भएको चितवन प्रहरीको विवरणमा उल्लेख छ । सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा वर्षा र वर्षा नभए पनि सुख्खा याममा पनि पहिरो झर्ने समस्या छ ।
सम्बन्धित खबर
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्दै भनाई फिर्ता लिनुपर्छ : निश्कल राई
प्रधानमन्त्रीप्रति हर्कको कटाक्ष- सभामुखले बोलाउँदा आउनुहुन्न, बोकेर ल्याउने चलन छैन
सुधनमाथि छानबिनको झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो: गगन
मन्त्रिपरिषद् पूर्णता दिँदै प्रधानमन्त्री बालेन, गृहमा सुधन फर्काउँदै, नवप्रवर्तनमा महावीर पुन
बिवाईडीको कर प्रकरणमा एमालेको दाबी- ठोकेर भन्न सक्छौँ, घोटाला भएको छ
बालेनका कारण रवि रक्षात्मक, भन्छन्: प्रधानमन्त्री बोल्नु हुन्न, परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु