पोखराको विद्युत गृहमा काम गर्ने थापा बसभित्रै मृत भेटिए

पोखराको विद्युत गृहमा काम गर्ने थापा बसभित्रै मृत भेटिए

bus

कञ्चनपुर- कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चनभोजका ५० वर्षीय सुशील थापा बसभित्रै मृत फेला परेका छन्। थापा कास्कीको पोखरास्थित विद्युत् गृहमा मजदुरका रुपमा काम गरी घर फर्कंदै थिए।

कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे अर्जुनी चेकपोस्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रममा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो।

मृतक थापासँगै उनका दुई जना आफन्त पनि गाडीमा थिए। थापा लामो समयदेखि क्षयरोगले ग्रस्त रहेको प्रहरीको भनाइ छ। शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ