काठमाडौं : सरकारले आगामी २०७५ सालको सार्वजनिक बिदामा २२ दिन कटौती गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले गत साल २०७४ भन्दा आगामी २०७५ सालमा दिइने बिदामा २२ दिन कटौती गर्न गरेको सिफारिसलाई वुधबार वसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।
सरकारको यो निर्णय सँगै सरकारी कार्यालयले आगामी २०७५ सालमा २०७४ साल भन्दा २२ दिन बढी काम गर्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रिपरिषद्ले स्थानीय तह र संघीय मन्त्रालयको दरबन्दी स्वीकृत गर्नुका साथै २०७५ सालमा दिइने विदामा कटौती गर्ने निर्णय गरिएको जानकारी दिए।
सरकारले २०७४ सालमा १ सय ३ दिन विदा दिएको थियो तर आगामी २०७५ सालमा भने २२ दिन घटाएर ८१ दिन मात्रै बिदा दिने निर्णय भएको हो।
यसरी दिइएको विदामा ५२ दिन शनिबार हुनेछ भने बाँकी २९ दिन चाडपर्व तथा दिवसको बिदा हुनेछ। २०७४ सालमा ५२ दिन शनिबार तथा चाडपर्व र दिवस ५१ दिन गरी एक सय ३ दिन सार्वजनिक बिदा दिइएको थियो।
लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने र ती दिवसको दिन भने भव्य कार्यक्रम गर्ने तर बिदा नदिने गरी निर्णय भएको छ।
यसैगरी, जातीय आधारमा दिइने बिदाका अवसरमा पनि पुरै कार्यालय बन्द गर्ने भन्दा सोही जाती विशेषलाई मात्रै बिदा दिइने र कार्यालय भने खुला गरी निर्णय भएको छ।
मन्त्रिपरिषद् वैठकले संघमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय र स्थानीय तहको कर्मचारी दरबन्दी सहितको संगठन संरचना स्वीकृत गरेको छ। संघीय मन्त्रालय र स्थानीय तहमा रहने कर्मचारीको अन्तिम टुंगो लगाएको हो।
यसैगरी मन्त्रिपरिषद् बैठकले स्थानीय तहको कार्यसम्पादन निर्देशिक जारी गर्ने निर्णय समेत गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। जस अनुसार स्थानीय तहमा ५७ हजार कर्मचारी दरबन्दी स्वीकृत भएको छ भने संघीय मन्त्रालयमा दुई हजार तीन सय ३९ दरवन्दि स्वीकृत भएको छ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते