काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीहरूलाई अराजक नबन्न सुझाव दिएका छन् ।
मन्त्री पण्डितले सरकारले दिएको निर्देशन र जिम्मेवारीलाई कार्यान्वयन गर्न नमान्ने कर्मचारीहरू राष्ट्र सेवक हुनै नसक्ने बताए ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पण्डितले भने, ‘बहुमतको सरकार आएको छ । सरकारले तोकेको जिम्मेवारीमा जान नमान्ने कर्मचारी राष्ट्र सेवक हुन सक्दैन । त्यस्ता कर्मचारीबाट हामी सचेत छौँ ।’
कर्मचारीले आन्दोलन गर्ने भनेर दिएको धम्कीको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाइ छ । ‘सडकमा वा कुनै क्लवमा पुगेर आन्दोलन गर्छु भनेर धम्की दिँदैमा सरकार कर्मचारीहरूसँग डराउँदैन’, उनले भने, ‘चित्त बुझेको छैन भने सरकारसँग कुरा गर्ने हो । कर्मचारीका नेताहरू सडकमा पुगेर बोल्ने होइन । चित्त नबुझेका कुरामा मसँग सम्वाद गर्नुपर्छ ।’
प्रदेशमा खटाइएका कर्मचारीहरू जान नमानेपछि उनीहरूको आलोचना हुँदै आएको छ । निजामती कर्मचारीका नेताहरूले सरकारले दवाव दिएको र त्यस्तो दवाव आफूहरूका लागि मान्य नहुने बताएका छन् ।
सम्बन्धित समाचार
नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित
मलंगवा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐनको परिधिभित्र रहेर काम नगर्ने कर्मचारीलाई जागिर छाडेर घर बस्न सुझाव दिएका छन् । राज्यको ढुकुटीबाट तलब भत्ता खाने कर्मचारी राष्ट्रका सेवक रहेको उनले बताएका छन् ।
शुक्रबार सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री पण्डितले कार्यालय नगई लुकीछिपी तलब भत्ता खाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए ।
‘जागिर खानेबेलामा चौबिसै घण्टा देश र जनताको सेवा गर्छु भन्ने, नियुक्ती पाएपछि पायक पर्ने स्थानमा मात्र खाज्ने ?’,मन्त्री पण्डितले भने, ‘अब राज्यले खटाएका स्थानमा नजाने कर्मचारीले जागिर नगरे हुन्छ ,दरबन्दी भएको ठाउँमा जुनसुकै हालतमा पुग्नु पर्छ । काठमाण्डौमा बसेर, पायक पर्ने ठाउँमा मात्र बसेर तलब भत्ता खान पाउँदैन् ।’
लुकीछिपी बस्ने र कार्यालय नै नगई तलब भत्ता खुवाउने कार्यालय प्रमुखलाई समेत आफुले कारवाही गर्ने मन्त्री पण्डितले चेतावनी दिए । उनले कार्यालय नआउनेलाई ऐन नियम अनुसार हटाउने तयारी भइरहेका बताए । मन्त्री पण्डितले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी मात्र दरबन्दी रहेको स्थानमा गइरहेको बताउँदै एक महिनाको भित्रमा सयमा सय प्रतिशत कर्मचारी कार्यालय पुग्नु पर्ने स्पष्ट पारे । उनले दरबन्दी रहेको स्थानमा जान भन्दा मन्त्रीले जथाभावी ग¥यो भनेर आरोप बताए ।
‘सुध्रिएर काम गर्ने कर्मचारीलाई राज्यले जुनसुकै बेलापनि सहयोग गर्छ । तर अटेर गर्नेको अब खैर छैन् ,’उनले चेतावनी दिदै भने, ‘देश संघिय संरचनामा गएको छ ,अब केन्द्रित होइन् की स्थानीय तहसम्म सर्वसुलभ रुपले जनताले सेवा पाउनु पर्छ । राज्यबाट बितरण हुने सेवा सुबिधा जनताको घर दैलोसम्म कसरी पु¥याउने कर्मचारीले सोच्नु पर्छ ।’
मन्त्री पण्डितले अवकाशको विषयलाई लिएर आन्दोलन गर्ने कर्मचारी सरकारलाई घुँडा टेकाउने सोचमा रहेपनि कुनै पनि हालतमा त्यो पूरा नहुने बताए ।
उनले भने,‘अहिलेको सरकार अस्थायी सरकार होइन् ,स्थायी सरकार हो, समस्या र आन्दोलनबाट डराउनेवाला छैन् । विकासलाई रोकेर अरबौ रुपैयाँ खर्चगरी कर्मचारीलाई बिदा गर्ने पक्षमा सरकार नरहेको पण्डितले बताए ।
काम नगरी बढी सेवा सुविधा लिने उद्देश्यले कर्मचारीले गरेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । उनले नयाँ संरचना अनुसार एक महिनाभित्र सबै ठाउँमा कर्मचारी पुगिसक्ने दाबी गरे । मन्त्री पण्डितले अपुग भएको ठाउँमा प्रविधी मैत्री र सक्षम नयाँ युवा जनशक्ति नियुक्ती गरेर भएपनि जनताको सेवा र विकासलाई गति दिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री पण्डित बिहीबार साँझ पारिवारिक भेटघाटका लागि मलंगवा आएका थिए ।
सम्बन्धित खबर
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर
विपक्षीसँगै उठे रास्वपाका अमरेश सिंह, भने- देश ठूलो दुर्घटनातिर जाँदै छ
‘सरकारमा बस्नेले आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय अगाडि अवैधानिक पार्किङ गरायो’
‘प्रधानमन्त्री मेयर हुँदा सिंहदरबार जलाइदिन्छु भन्नुभयो जल्यो, भोलि सीमा मिचिने त होइन ?’
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
बाढीपहिराले आठ राजमार्ग अवरुद्ध
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ