अटेरी कर्मचारीको धम्कीले सरकार डराउँदैनः मन्त्री पण्डित, कर्मचारीहरूलाई अराजक नबन्न सुझाव

अटेरी कर्मचारीको धम्कीले सरकार डराउँदैनः मन्त्री पण्डित, कर्मचारीहरूलाई अराजक नबन्न सुझाव

Lalbabu padbhar

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीहरूलाई अराजक नबन्न सुझाव दिएका छन् ।

मन्त्री पण्डितले सरकारले दिएको निर्देशन र जिम्मेवारीलाई कार्यान्वयन गर्न नमान्ने कर्मचारीहरू राष्ट्र सेवक हुनै नसक्ने बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पण्डितले भने, ‘बहुमतको सरकार आएको छ । सरकारले तोकेको जिम्मेवारीमा जान नमान्ने कर्मचारी राष्ट्र सेवक हुन सक्दैन । त्यस्ता कर्मचारीबाट हामी सचेत छौँ ।’

कर्मचारीले आन्दोलन गर्ने भनेर दिएको धम्कीको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाइ छ । ‘सडकमा वा कुनै क्लवमा पुगेर आन्दोलन गर्छु भनेर धम्की दिँदैमा सरकार कर्मचारीहरूसँग डराउँदैन’, उनले भने, ‘चित्त बुझेको छैन भने सरकारसँग कुरा गर्ने हो । कर्मचारीका नेताहरू सडकमा पुगेर बोल्ने होइन । चित्त नबुझेका कुरामा मसँग सम्वाद गर्नुपर्छ ।’

प्रदेशमा खटाइएका कर्मचारीहरू जान नमानेपछि उनीहरूको आलोचना हुँदै आएको छ । निजामती कर्मचारीका नेताहरूले सरकारले दवाव दिएको र त्यस्तो दवाव आफूहरूका लागि मान्य नहुने बताएका छन् ।

सम्बन्धित समाचार

नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित

मलंगवा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐनको परिधिभित्र रहेर काम नगर्ने कर्मचारीलाई जागिर छाडेर घर बस्न सुझाव दिएका छन् । राज्यको ढुकुटीबाट तलब भत्ता खाने कर्मचारी राष्ट्रका सेवक रहेको उनले बताएका छन् ।

शुक्रबार सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री पण्डितले कार्यालय नगई लुकीछिपी तलब भत्ता खाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए ।

‘जागिर खानेबेलामा चौबिसै घण्टा देश र जनताको सेवा गर्छु भन्ने, नियुक्ती पाएपछि पायक पर्ने स्थानमा मात्र खाज्ने ?’,मन्त्री पण्डितले भने, ‘अब राज्यले खटाएका स्थानमा नजाने कर्मचारीले जागिर नगरे हुन्छ ,दरबन्दी भएको ठाउँमा जुनसुकै हालतमा पुग्नु पर्छ । काठमाण्डौमा बसेर, पायक पर्ने ठाउँमा मात्र बसेर तलब भत्ता खान पाउँदैन् ।’

लुकीछिपी बस्ने र कार्यालय नै नगई तलब भत्ता खुवाउने कार्यालय प्रमुखलाई समेत आफुले कारवाही गर्ने मन्त्री पण्डितले चेतावनी दिए । उनले कार्यालय नआउनेलाई ऐन नियम अनुसार हटाउने तयारी भइरहेका बताए । मन्त्री पण्डितले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी मात्र दरबन्दी रहेको स्थानमा गइरहेको बताउँदै एक महिनाको भित्रमा सयमा सय प्रतिशत कर्मचारी कार्यालय पुग्नु पर्ने स्पष्ट पारे । उनले दरबन्दी रहेको स्थानमा जान भन्दा मन्त्रीले जथाभावी ग¥यो भनेर आरोप बताए ।

‘सुध्रिएर काम गर्ने कर्मचारीलाई राज्यले जुनसुकै बेलापनि सहयोग गर्छ । तर अटेर गर्नेको अब खैर छैन् ,’उनले चेतावनी दिदै भने, ‘देश संघिय संरचनामा गएको छ ,अब केन्द्रित होइन् की स्थानीय तहसम्म सर्वसुलभ रुपले जनताले सेवा पाउनु पर्छ । राज्यबाट बितरण हुने सेवा सुबिधा जनताको घर दैलोसम्म कसरी पु¥याउने कर्मचारीले सोच्नु पर्छ ।’

मन्त्री पण्डितले अवकाशको विषयलाई लिएर आन्दोलन गर्ने कर्मचारी सरकारलाई घुँडा टेकाउने सोचमा रहेपनि कुनै पनि हालतमा त्यो पूरा नहुने बताए ।
उनले भने,‘अहिलेको सरकार अस्थायी सरकार होइन् ,स्थायी सरकार हो, समस्या र आन्दोलनबाट डराउनेवाला छैन् । विकासलाई रोकेर अरबौ रुपैयाँ खर्चगरी कर्मचारीलाई बिदा गर्ने पक्षमा सरकार नरहेको पण्डितले बताए ।

काम नगरी बढी सेवा सुविधा लिने उद्देश्यले कर्मचारीले गरेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । उनले नयाँ संरचना अनुसार एक महिनाभित्र सबै ठाउँमा कर्मचारी पुगिसक्ने दाबी गरे । मन्त्री पण्डितले अपुग भएको ठाउँमा प्रविधी मैत्री र सक्षम नयाँ युवा जनशक्ति नियुक्ती गरेर भएपनि जनताको सेवा र विकासलाई गति दिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री पण्डित बिहीबार साँझ पारिवारिक भेटघाटका लागि मलंगवा आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ