बूढीगण्डकी नदीमा डुबेर सल्यान्टारका दुईको मृत्यु

बूढीगण्डकी नदीमा डुबेर सल्यान्टारका दुईको मृत्यु

_DSC4860

धादिङ, २२ चैत । गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए ।

मंगलबार साँझ नदीमा डुबेपछि उनीहरुलाई गाउँवासीले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ