पाल्पा — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तसम्म कर्मचारी मिलानको काम सकिने बताएका छन् । उनले अहिले केही गुनासा आएपनि असारपछि कोही कुनै तहले कर्मचारीका विषयमा गुनासो गर्न नपाउने बताए ।
पाल्पा जिल्लालाई ४८ औं खुल्ला दिसा मुक्त जिल्ला शनिबार घोषणा गर्दै मन्त्री पण्डितले राजनीतिक होइन अहिले कर्मचारीको संक्रमणकाल सुरु भएकाले यतिबेला विभिन्न व्यक्तिको चलखेल भइरहेको बताए । ‘विगतका असहज परिस्थिति पार गरेकाले कर्मचारीको अप्ठेरो केही होइन,’ उनले भने, ‘अब राजनीतिक संक्रमणकाल अन्त्य भएकाले अन्य छिर्के लगाउनेहरुको केही चल्दैन ।’
मन्त्री पण्डितले संघीय संरचनाका कामलाई चुस्त बनाउन कुनै पनि स्थानीय तहमा कर्मचारीको अभाव हुन नदिने बताए । राष्ट्रसेवक कर्मचारीहरुको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरुलाई आग्रह गरे । ‘देश संघीय संरचनामा भएको हुँदा कर्मचारी अपुग जस्तो महसुस भएको छ,’ उनले भने, ‘केन्द्रीकृत प्रशासनिक संक्रमण समाप्त हुनेछ । चिन्ता नगर्नुस् ।’
मन्त्री पण्डितले अबका दिनमा जनताको काम नगरी दिन बिताउन खोज्ने कर्मचारीको समय पनि सकिएको बताए । राष्ट्रसेवक कर्मचारीलाई काम नगर्नेलाई दण्डित र काम गर्नेलाई पुरस्कार गर्ने नीति आफुले लिएको बताउँदै पहिला कर्म त्यसपछि फलको आस गर्न सुझाव दिए । ‘अब बढी दरबन्दी भए काट्ने र दरबन्दी नभएपनि थुप्रिएर बसेका कर्मचारीलाई कार्य स्थलमा पठाउनेछु,’ उनले भने ।
मन्त्री पण्डितले कुनै वेलाका दानी नेपाली अहिले मगन्ते भएको बताए । कुनैवेला भोकमरीमा परेको मुलुकलाई सहयोग गरेको नेपाली अहिले मगन्ते स्थीतिमा पुगेको उनले बताए।

‘आजभन्दा ६५ वर्ष अगाडि दक्षिण कोरियालाई भोकमरीको संकट हुँदा हामीले चामल दान दिएर बचाएका नेपाली हौँ,’ उनले भने, ‘आज हामीभन्दा पछाडि रहेका मुलुकहरु धेरै अगाडि बढेर उनीहरु दानी भइसके, हामी दानी चाहिँ मगन्तेको अवस्थामा पुग्यौं।’
नेपालीहरुले विगतमा भत्काउनको निम्ति प्रतिस्पर्धा गरेका र अब बनाउनको लागि प्रतिस्पर्धा गर्ने वेला आएको मन्त्री पण्डितको भनाइ थियो। उनले जनताको र मुलुकको अवस्था हेरेर दिक्षित मुलुकको दाँजोमा पुग्ने काम गर्न सबै एकजुट हुन आवश्यक रहेको बताए। प्रकृतिले साथ दिएको नेपालमा धेरै सम्भावना रहेको भन्दै अवको २० वर्षमा यसको सदुपयोग गरेर नेपाललाई सम्वृद्ध बनाउनुपर्नेमा उनले जोड दिए।
मन्त्री पण्डितले समस्याबाट भागेर समाधान नहुने र मागेर समृद्धि नहुने टिप्पणी गरे। उनले भने, ‘त्यसैले युवालाई विदेश पठाएर नेपाल दीक्षित हुँदैन। अरब बनाउने र दीक्षित मुलुक बनाउने सक्षम जनशक्ति नेपाली युवालाई नेपाल फर्काउनुपर्छ,’ उनले थपे, ‘त्यत्तिकै भोकमरीमा फर्काउने होइन नेपालमा रोजगारी र अवसर दिनुर्छ यो जिम्मेवारी सरकारको हो।’
पाल्पाका ५९ हजार २ सय ९१ घरधुरीमा चर्पी बनिसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्यले बताए। उनका अनुसार कुल घरधुरीमध्ये सुरक्षित चर्पी नभएका ५२ प्रतिशत घरधुरीमा अभियानको क्रममा चर्पी निर्माण गरिएको थियो। यद्यपि, आधारभूत खानेपानी सेवाको पहुँच भने ८८.३४ प्रतिशत रहेको छ।
सम्बन्धित खबर
मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थपिने
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी प्रतिनिधि सहभागी हुने
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आज देशभरको मौसम कस्तो रहन्छ?
सगरमाथा आरोहणका क्रममा एक फिलिपिन्सका नागरिकको मृत्यु
शून्य बेरुजु हुने एकमात्र गाउँपालिका ‘महाभारत’
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु