रमेश खरेललाई राजीनामा नदिन सर्वेन्द्र खनालको आग्रह

रमेश खरेललाई राजीनामा नदिन सर्वेन्द्र खनालको आग्रह

DiG Ramesh Kharell

काठमाडौं, २८ फागुन / नेपाल प्रहरी प्रमुखमा सर्बेन्द्र खनाल नियुक्त भएसँगै उनका प्रतिष्प्रर्धि डिआइजी रमेश खरेलले सेवाबाट अलग हुने घोषणा गरेका छन् ।

खरेलले प्रहरी सेवामा प्रवेश गर्दा खेरी नै प्रहरी नेतृत्व हाँक्ने सपना आफूले देखेको, त्यसका लागि कुनै गल्ती नगरेको र अबसर नपाएको भन्दै हिन भावना बोकेर संगठनमा बस्दा नतिजा दिन नसकिने भन्दै सेवाबाट अलग हुने घोषणा गरेका हुन् । सेतोपाटीमा खबर छ ।

तर प्रहरी प्रमुखमा नियुक्त भएका खनालले भने खरेललाई सेवाबाट अलग नहुन आग्रह गरेका छन् । ‘मैले हिजो पनि रमेशलाई भेटेको थिए, यसलाई नकरात्मक रुपमा नलिन भनेको छु, ‘खनालले भने, ‘आज पनि भेटेरै राजीनामा नदिन भन्छु ।’

प्रहरी प्रमुख सरकारले विधि र प्रक्रियामा रहेर चयन गर्ने हुदाँ त्यसमा दुख नहुन पनि खनालले खरेलसँग आग्रह गरेका छन् ।

‘प्रहरी प्रमुख चयनमा सरकारका पनि केही योजना होलान्, ‘खनालले भने, ‘त्यसलाई मैले पुरा गर्छु जस्तो लाग्यो होला त्यसैले नियुक्त भएँ।’

२८ वर्षसम्म संगठनमा सँगै मिलेर काम गर्यौं, खनालले भने,संगठनलाई अझ बलियो बनाउन खरेलले मलाई साथ दिनुपर्छ, सेवाबाट अवकाश होइन।

सम्बन्धित सामाग्री

डिआईजी खरेलद्वारा राजीनामा घोषणा, भन्छन्- ‘रमेश खरेलको बोली हो। बुझ्नुस् फाइनल डिसिजन हो।’

काठमाडौं, २८ चैत । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी खरेलले पदबाट राजीनामा दिने जनाए । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट छन् ।

उनले बुधबार बिहान ११ बजे पदबाट राजीनामा दिने बताए । खरेलले भने, ‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’ उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए ।

 मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महतलाई खरेलले दिएको संक्षिप्त प्रतिक्रियाको केहि अंश :

नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ?

आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि (बुधबार)देखि बिदा हुँदै छु ।

आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा पनि दिने प्रचलन आएको छ, यसले फौजमा कस्तो संस्कार बसाउला ?

पद्धति बसाएर निर्णय गर्नुपर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।

तपाईं योग्य अफिसर हो तर सबैभन्दा अब्बल तपाईं नै हो भन्ने आधार के हो ?

दाबेदार सबैले आफूलाई अब्बल ठान्छन् । मैले पनि ठानेँ, के बिराएँ । प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।

सरकारले भर्खर निर्णय गरेको छ, त्यसैले तपाईंको तातो प्रतिक्रिया होला । भोलि (बुधबार) बिहानसम्म पुनर्विचार गर्नुहुन्छ होला नि ?

यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।

अबका दिन कसरी बिताउनुहुन्छ ?

सोचेको छैन । परिवार र राष्ट्रका लागि गर्ने हो ।

राजनीतिमा… ?

मेरो स्वभाव राजनीति सुहाउँदो छैन । तर, गर्दैगर्दिनँ भनेर कसम किन खानू ?

आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ