प्रधानमन्त्रीको भाषण सुन्दासुन्दै ढलेका वडाध्यक्षको मृत्यु

प्रधानमन्त्रीको भाषण सुन्दासुन्दै ढलेका वडाध्यक्षको मृत्यु

PM-KP-Oli-in-Rara-Mugu

मुगु, १ वैशाख– ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि निधन भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७, का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला अचानक कार्यक्रमस्थलमै ढलेका थिए ।

उनी प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको निधन भएको थियो ।

६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा अाएका थिए । गत वर्ष वैशाख ३१ मा सम्पन्न स्थानीय चुनावमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ