पोखरा, २ बैशाख । नेपाली नयाँ वर्ष देश विदेशमा रहेका नेपालीले हर्षोल्लासका स्वागत गर्दै मनाएका छन् । न्युजिल्याण्डको राजधानी वेलिङटनमा पनि नेपाली समाज वेलिङटनको आयोजनामा त्यहाँ स्थित नेपालीहरुबीच नयाँ बर्ष २०७५ को शुभकामना आदान प्रदान गरिएको छ ।
नेपाली साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरिएको सदस्य नवजीव ढुंगानाले जानकारी दिए । नेपाली नयाँ वर्षको प्रचारसँगै नेपालीबीच एकता र सद्भाव विकास गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा दुई सय भन्दा बढी नेपाली, न्युजिल्याण्डका उच्च पदस्थ व्यक्तित्व र विदेशी सहभागि थिए । कार्यक्रमका प्रमुख अतिथि हट सिटीका मेयर रे वाल्लसले नेपालीहरुले न्युजिल्यान्डको विकासमा सहयोग गरेकोमा खुशी व्यक्त गरे ।
त्यस अवसरमा समाजलाई सहयोग गर्नेलाई सम्मान र खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कृत गरिएको थियो । नेपाली समाज वेलइंगटनका अध्यक्ष त्रिभुवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सदस्य नवजीव ढुंगाना र नबिना कार्कीले संचालन गरेका थिए ।
सम्बन्धित खबर
चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
आज विश्व शान्ति दिवस मनाइँदै
भारतमा भेटियो निपाह भाइरस, केरलामा पाँच दिन स्कुल बन्द
डिभी परेर अमेरिका गएका आशिष कोठामै मृत भेटिए
हृदयघातका कारण भारतमा एक नेपालीको मृत्यु
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजार ६ सय ८१ जना पुग्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि