काठमाडौं । गत २०७४ पुस २७ गते तीनकुने सरसफाई गर्दै काष्ठमण्डप सफाइ अभियान ‘क्लिन काष्ठमण्डप’ सुरु भयो । यसको अभियन्ता हुन् केपी खनाल । १७ वर्षे सानो केटोले यो दिनसम्म आइपुग्दा काठमाण्डौमा आफूलाई चिनाईसकेका छन् । पूर्व मन्त्रीदेखि बहालवाला मन्त्री, वरिष्ठ कलाकारलाई सँगै फोहोर संकलन गर्ने अभियानमा सडकमा झारिसकेका छन् ।
आज केपी अस्वस्थ छन् । अस्पतालले निःशुल्क उपचार गरिरहेको छ । तीनकुनेमा अभियान सुरु हुँदा प्रमुख आमन्त्रित व्यक्तित्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित त्यसबेला सांसद मात्र थिए । वातावरण मन्त्री भएपछि उनै केपीलाई साथ दिन फेरि सडकमा पण्डित झाडु लगाउन निस्किए ।
कान्छो सामाजिक अभियान्तको रुपमा चर्चामा आएका केपी खनाललाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भेटेका छन् । क्लिन काठमाडौं अभियानबाट चर्चित केपी चैत २७ गतेदेखि ग्रीन सिटी अस्पतालमा एपेन्डीसको उपचार गराईरहेका छन् ।
भेटमा मन्त्री पण्डितले स्वास्थ्यलाभको कामना गर्दै निको भएपछि अध्ययनलाई प्राथमिकता दिँदै अभियानमा लाग्न सुझाए । साथै मन्त्री पण्डितले सजिलै केही कुरा पाउँदैन र सजिलै पाएको कुरा लामो समय नटिक्ने भएको हुँदा आफ्नै संघर्षमा उनले अझैं धेरै काम गर्न बाँकी रहेको बताए ।
https://www.facebook.com/kshetra.khanal/videos/2253950184832181/
युवाहरुलाई नेतृत्व गर्दे क्लिन काठमाडौं अभियान चलाउँदै आएका १७ वर्षका केपी अहिले ग्रीन सिटीमा नै उपचाररत छन् । ‘म बद्लिन्छु, मेरो देश बद्लिन्छ’ भन्ने नाराको साथ सफाई अभियानमा लागेका केपीले उपत्यकामा मात्रै १७ सयभन्दा बढी युवाको नेतृत्व गरेका छन् ।
कैलाली घर भएका केपी बिबिएस अध्ययनको लागि काठमाडौं आएका हुन् । उनको अभियानमा देशका विभिन्न चर्चित व्यक्तिहरुले साथ दिँदै आईरहेका छन ।
हाल उनको उपचार ग्रीन सिटी अस्पतालले निःशुल्क गरेको छ । केपीको खाने बस्ने, कलेज खर्च सम्पूर्ण अस्पताले नै व्यहोर्ने अस्पताल सञ्चालन लोक बहादुर टण्डनले बताए ।

.

सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन