काठमाडौं । गत २०७४ पुस २७ गते तीनकुने सरसफाई गर्दै काष्ठमण्डप सफाइ अभियान ‘क्लिन काष्ठमण्डप’ सुरु भयो । यसको अभियन्ता हुन् केपी खनाल । १७ वर्षे सानो केटोले यो दिनसम्म आइपुग्दा काठमाण्डौमा आफूलाई चिनाईसकेका छन् । पूर्व मन्त्रीदेखि बहालवाला मन्त्री, वरिष्ठ कलाकारलाई सँगै फोहोर संकलन गर्ने अभियानमा सडकमा झारिसकेका छन् ।
आज केपी अस्वस्थ छन् । अस्पतालले निःशुल्क उपचार गरिरहेको छ । तीनकुनेमा अभियान सुरु हुँदा प्रमुख आमन्त्रित व्यक्तित्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित त्यसबेला सांसद मात्र थिए । वातावरण मन्त्री भएपछि उनै केपीलाई साथ दिन फेरि सडकमा पण्डित झाडु लगाउन निस्किए ।
कान्छो सामाजिक अभियान्तको रुपमा चर्चामा आएका केपी खनाललाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भेटेका छन् । क्लिन काठमाडौं अभियानबाट चर्चित केपी चैत २७ गतेदेखि ग्रीन सिटी अस्पतालमा एपेन्डीसको उपचार गराईरहेका छन् ।
भेटमा मन्त्री पण्डितले स्वास्थ्यलाभको कामना गर्दै निको भएपछि अध्ययनलाई प्राथमिकता दिँदै अभियानमा लाग्न सुझाए । साथै मन्त्री पण्डितले सजिलै केही कुरा पाउँदैन र सजिलै पाएको कुरा लामो समय नटिक्ने भएको हुँदा आफ्नै संघर्षमा उनले अझैं धेरै काम गर्न बाँकी रहेको बताए ।
https://www.facebook.com/kshetra.khanal/videos/2253950184832181/
युवाहरुलाई नेतृत्व गर्दे क्लिन काठमाडौं अभियान चलाउँदै आएका १७ वर्षका केपी अहिले ग्रीन सिटीमा नै उपचाररत छन् । ‘म बद्लिन्छु, मेरो देश बद्लिन्छ’ भन्ने नाराको साथ सफाई अभियानमा लागेका केपीले उपत्यकामा मात्रै १७ सयभन्दा बढी युवाको नेतृत्व गरेका छन् ।
कैलाली घर भएका केपी बिबिएस अध्ययनको लागि काठमाडौं आएका हुन् । उनको अभियानमा देशका विभिन्न चर्चित व्यक्तिहरुले साथ दिँदै आईरहेका छन ।
हाल उनको उपचार ग्रीन सिटी अस्पतालले निःशुल्क गरेको छ । केपीको खाने बस्ने, कलेज खर्च सम्पूर्ण अस्पताले नै व्यहोर्ने अस्पताल सञ्चालन लोक बहादुर टण्डनले बताए ।

.

सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते