गण्डक न्युज पोखरा, ८ वैशाख / भुतपुर्व खेलाडीहरुको साझा मञ्च नेपाल भुतपुर्व खेलाडी मञ्चले संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई सम्मान गरेको छ । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका रानाभाटले नेपालको खेलकुद विकासमा पु¥याएको योगदानको कदरस्वरुप सम्मान गरेको हो ।
मञ्चको नवौं वार्षिक साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष रानाभाटलाई प्रदेश नं ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसदद्वय मोहन रेग्मी, इन्द्रधारा बिस्ट, मञ्चका अध्यक्ष तेज गुरुङले दोसल्ला ओढाई ताम्रपत्र सहित सम्मान गरे ।
२०५८ सालमा रानाभाटकै अगुवाईमा नेपाल भुतपर्व खेलाडी मञ्च गठन गरिएको हो । पोखरा रंगशालालाई छेकबार गरी राज्यले समेत गर्न नसकेको काम गरेको मञ्चले पछिल्लो समय पोखरामा म्याराथन प्रतियोगिता गर्दै आएको छ । २०६१ सालमा झण्डै एक करोडको लागतमा पर्खाल निर्माण गरिएको थियो । रानाभाट फुटबल, भलिबल र एथलेटिक्सका पुर्व राष्ट्रिय खेलाडी समेत हुन् । उनी नेपाल खेलकुद पत्रकार मञ्चबाट गत वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भईसकेका छन् ।
मञ्चका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले आजीवन खेलक्षेत्रमा लागेर नेपाललाई विश्वसामु चिनाउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको बताईन् ।
गत फागुनमा आयोजित सफल पोखरा म्याराथनमा मञ्चले चार लाख रुपैयाँ बचत गरेको सार्वजनिक गरियो । मन्चका कोषाध्यक्ष मन्जुलमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्दै म्याराथनमा ११ लाख ३१ हजार रुपैयाँ आम्दानी भई सात लाख २५ हजार खर्च भएको विवरण प्रस्तुत गरे । मञ्चले पोखरालाई स्पोर्टस सिटीको अवधारणा अनुसार पोखरा म्याराथन प्रतियोगितालाई निरन्तरता दिएको हो । मञ्चका अध्यक्ष तेज गुरुङले भुतपुर्व खेलाडी मन्चले म्याराथन प्रतियोगितालाई अझ भव्य र सभ्य रुपमा सम्पन्न गर्दै पोखरालाई अन्तराष्ट्रिय बजारमा म्याराथन सिटीको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा मञ्चका महासचिव खेम बहादुर गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मञ्चमा १७७ जना भुतपुर्व खेलाडीहरु आवद्ध भएको बताए । आवद्ध भएका मध्ये १७ जना दिवंगत भईसकेका छन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह