अश्विन दानी, गोरखा । तीन महिनाको अनसन पछि गोरखाको भीमसेन थापा गाउँपालिकाको केन्द्र मसेलको घ्याम्पेशालबाट खाञ्चोक सरेको छ । गाउँपालिकाको केन्द्र सार्न सहमति भएपछि उक्त अनसन तोडिएको हो ।
‘खाञ्चोकमा रहेको चामुन्डा प्राविलाई अन्यत्रै सारेर त्यहाँ गाउँपालिकाको केन्द्र भवन बनाउने सहमति भयो । आज (मंगलबार) गाउँ कार्यपालिका बैठक राखेर केन्द्र सरेको जानकारी माथिल्लो निकायमा पठाएका छौँं’ अध्यक्ष पाण्डेले भने, ‘दुई तिहाइले निर्णय गरेपछि केन्द्र सार्न मिल्ने रहेछ।’
कात्तिक १९ मा बसेको गाउँ कार्यपालिकाको बैठकले बगुवाबाट घ्याम्पेशालमा केन्द्र सार्ने निर्णय गरेपछि वडा नम्बर ४ का अध्यक्ष मदन शाक्य, ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठ र ७ का अध्यक्ष नारायण श्रेष्ठसहित १६ जना जनप्रतिनिधि बगुवास्थित साविकको गाविस भवनमा त्रिपाल टागेर रिले अनशन बसेका थिए।
सर्वदलीय अनशन आयोजक समितिका संयोजक तथा माओवादी पोलिटब्युरो सदस्य लोकप्रसाद बञ्जराका अनुसार प्रहरी, कृषि, वन, हुलाक कार्यालय घ्याम्पेशालमा नै रहने गरी केन्द्र खाञ्चोकमा राख्ने सहमति भएपछि अनसनका कार्यक्रम फिर्ता लिइएको हो।
गाउँपालिका अध्यक्ष पाण्डेले किर्ते काजगात बनाएर बगुवाबाट घ्याम्पेशालमा केन्द्र सारेको आरोप लगाउँदै असन्तुष्ट समूहले पाण्डेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । ‘माघ ३ गते सर्वोच्चमा दर्ता भएको मुद्दा पनि फिर्ता लिने सहमति भयो,’ बञ्जराले भने।
केन्द्र विवादले शिक्षकले समयमै तलब खान पाएका थिएनन् भने विकास निर्माणका योजना अलपत्र छ । गाउँपालिकामा आवश्यक संख्यामा कर्मचारी पनि छैनन् ।
बगुवामै केन्द्र हुनुपर्नेमा १६ जनप्रतिनिधि थिए। घ्याम्पेशालमा केन्द्र राख्नुपर्नेमा २५ जनप्रतिनिधि थिए । गाउँपालिकामा देखिएको विवाद सुल्झाउन प्रदेश ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा पनि कार्यदल बनेको थियो ।
सम्बन्धित खबर
फालिएको कटहरबाट वाइन बनाउँदै युवाहरू
पुलमा बाढीले क्षति पुर्याएपछि गोरखा–आरुघाट सडक अवरुद्ध
मनकामना केबुलकार आजदेखि ५० दिन बन्द
गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु
पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध
सुक्खा पहिरोले गोरखा आरुघाट–लार्के सडक अवरुद्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग