काठमाडौं । भारत सरकार अन्ततः पछि हटेको छ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ ।
२०६५ भदौ २ मा कोशीमा बाढी आएपछि उद्धार तथा राहतका लागि भन्दै स्थापना गरिएको भारतीय दूतावासको अस्थायी क्याम्प नेपाल सरकारले पटक पटक आग्रह गरे पनि हटाइएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाअघि गरेको भारत भ्रमणका क्रममा क्याम्प हटाउन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष आग्रह गरेका थिए ।
नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले केही भनेको थिएन । तर, जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले क्याम्प हटाइएको र त्यसको जानकारी प्रधानमन्त्री मोदीमार्फत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको छ ।’
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन