पोखरा । सोमबार राति पोखरा ५ पस्र्याङबाट हत्कडी सहित भागेका राजकुमार परियारलाई मंगलबार राति कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । मापसे गरेका व्यक्ति हत्कडी लगाईसकेपछि भागेपछि कास्की प्रहरीलाई तनाव भएको थियो । २४ घण्टा प्रहरी उनलाई खोज्नमा व्यस्त थिए ।
सोमबार राति पस्र्याङबाट भागेका परियार माटेपानी गुम्बा साइडतर्फ गएर लुकेको र रात परेपछि मात्रै फिर्के पस्र्याङबाट बगालेटोल जाने बाटोको पुल मुनी परिचित मान्छेको सानो घरमा लुकिरहेको अवस्थामा मंगलबार राति १० बजे भेटिएको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।
परिवारकै आग्रहमा नियन्त्रणमा लिन गएको बेला परियार हत्कडी सहित भागेका कारण अब उनलाई सार्वजनिक मुद्धा लगाइने तयारी गरिएको डिएसपी खत्रीले जनाए । रक्सी खाएर घरमा कलह र होहल्ला गरेका उनलाई सम्झाएर छाडिने तयारी गरेका बेला हत्कडी समेत गायब भएपछि झनै कारबाही भोग्नुपर्ने भएको छ ।
थुम्सीकोट, मादी ८ का १९ वर्षीय राजकुमार परियार आफ्ना दिदीभिनाजुसँगै प्रस्र्याङमा बस्दै आएका थिए । रक्सी खाएर पारिवारिक कलह गरेका कारण प्रहरीलाई गुनासो आएपछि टोली त्यहाँ पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले आफ्नै कोठामा तोडफोड गरिरहेको सूचना प्रहरीले दिएपछि सुरक्षाका लागि टोली त्यहाँ पुगेको जनाए । उनले नजिकै मकैबारी रहेको र ठूलो पानी परेका कारण पक्राउ परेका परियार भागेको बताए ।
डिएसपी कार्कीले गण्डकन्युजसँग भने ‘दिदी भिनाजुसँग बस्ने रहेछन् । रक्सी खाने गर्ने र खाएपछि होस गुम्ने परिवारले पनि बताउँछन् । घर भत्काउन थालेपछि दिदी भिनाजुले नै हामीलाई जानकारी गराएको हो । सुरक्षाका लागि टोली पुगेपछि लिन भ्यान पनि गयो, त्यतिबेलासम्म उनलाई हत्कडी लगाइएको थियो । त्यो ठाउँमा मकैबारी रहेछ, पानी परेको बेला पारेर भागिहाल्यो । हामी जसरी नि नियन्त्रणमा लिन्छौं ।’
उनले आफ्नै घरमा तोडफोड गरेको र अरु कसैको उजुरी नपरेको जनाउँदै कुनै पनि अपराधिक व्यक्ति भागेको भगाएको जसरी समाचारहरु आइरहेकोमा आपत्ति जनाए ।
सम्बन्धित खबर
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित