झापाकी क्यान्सर पीडितलाई पोखराबाट सहयोग, पोखरेली युवाले सडकबाटै उठाए १ लाख ३१ हजार

झापाकी क्यान्सर पीडितलाई पोखराबाट सहयोग, पोखरेली युवाले सडकबाटै उठाए १ लाख ३१ हजार

33901208_2072705476335830_5921780713065021440_n

सूर्य तिमिल्सिना, पोखरा | झापा दमक -२ घर भएकी २४ वर्षीया जानुका पराजुली किशोर अबस्थामै  मलद्वारको  क्यान्सरबाट पिडित हुन पुगिन् | परिवारले आफ्नो भएको जाय जेथा बेचेरै भए पनि उनको उपचारको लागि कुनै कसुर बाँकी राखेन | तर उनको क्यान्सर झन् झन् जटिल हुँदै गएकोले  थप उपचारको लागि भारतको नयाँ दिल्ली लैजानु  पर्ने भयो |

प्रारम्भिक चरणमै परिवारको अलि अलि भएको सम्पति समेत सबै सकियो | दिल्ली लगेर उपचार गर्न उनीहरुको लागि असम्भव जस्तै थियो |तर जानुका पराजुली आर्थिक अभावकै कारण उपचार नपाएर जीवन र मृत्युको दोधारमा छट्पटिको खबर सामाजिक संजालमा पोष्ट भए पछी भने उनको उपचारको लागि सहयोग संकलन अभियान सुरु भयो |उनको उपचारको लागि धेरै ठाउँबाट आश्वासन आएपछि अहिले   उनको भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ |

 यता पोखरामा  युवाहरुले जानुका पराजुली बचाउ अभियान नै चलाएर एक हप्ता भन्दा बढी सडकमै बिभिन्न कार्यक्रम गरेर आर्थिक संकलन गरे | युथ हेल्पिङ ह्यान्डस पोखरामा आबद्ध युवाहरुले यो अभियान चलाएका हुन् |

यहि जेष्ठ ५ गते पोखराको लेकसाइडमा  चटपट  तथा पानी पुरीको स्टलबाट अभियान सुरु गरेका उनीहरुले कहिले बिद्यालय चाहारे त  कहिले सडक सडकमै आर्थिक संकलन गरे | यति मात्र हैन अन्तिम दिन सांगीतिक कार्यक्रम समेत गरेर सहयोग संकलनमा कुनै कसुर बाँकी राखेनन् |

परोपकारी  मन भएका युवाहरु एकजुट भएपछी असम्भव भन्ने के नै छ र ? यसरी सडकमै बिभिन्न कार्यक्रम गरेर एक लाख ३१ हजार संकलन गरेका उनीहरुले आज बिहिबार बिरामीको आफन्तको खातामा  पठाइदिएका   छन्|

“कोहि व्यक्ति गरिबीकै कारण उपचार नपाएर मर्न बाध्य हुन्छ भने त्यो मृत्यु नभै हत्या हुनेछ त्यसैले हामीले यो अभियान चलाएर रकम संकलन गरेका हौँ |” कार्यक्रमको संयोजन समेत गरेका हेल्पिंग ह्यान्डस पोखराका संयोजक सुबोध भण्डारीले भने |यसरी आर्थिक अभावमा उपचार गर्न नसक्नेलाई उपचार गराउने दायित्व राज्यको हो तर हामी नागरिकले समेत आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ भनाइ थियो |

यसरी सामाजिक सेवामा सरिक हुन पाउँदा आफुँलाई समेत सन्तुस्ट मिल्ने अभियानमा सहभागीहरुको प्रतिक्रिया थियो |उनीहरुले आफ्नो अभियानलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति धन्यबाद समेत दिएका छन् |हेल्पिंग ह्यान्डस सामाजिक संजाल फेसबुकको ग्रुप हो |यसमै आबद्ध भएर युवाहरुले बिभिन्न सामाजिक कार्य गरिसकेका छन् |

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds