सूर्य तिमिल्सिना, पोखरा | झापा दमक -२ घर भएकी २४ वर्षीया जानुका पराजुली किशोर अबस्थामै मलद्वारको क्यान्सरबाट पिडित हुन पुगिन् | परिवारले आफ्नो भएको जाय जेथा बेचेरै भए पनि उनको उपचारको लागि कुनै कसुर बाँकी राखेन | तर उनको क्यान्सर झन् झन् जटिल हुँदै गएकोले थप उपचारको लागि भारतको नयाँ दिल्ली लैजानु पर्ने भयो |
प्रारम्भिक चरणमै परिवारको अलि अलि भएको सम्पति समेत सबै सकियो | दिल्ली लगेर उपचार गर्न उनीहरुको लागि असम्भव जस्तै थियो |तर जानुका पराजुली आर्थिक अभावकै कारण उपचार नपाएर जीवन र मृत्युको दोधारमा छट्पटिको खबर सामाजिक संजालमा पोष्ट भए पछी भने उनको उपचारको लागि सहयोग संकलन अभियान सुरु भयो |उनको उपचारको लागि धेरै ठाउँबाट आश्वासन आएपछि अहिले उनको भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ |
यता पोखरामा युवाहरुले जानुका पराजुली बचाउ अभियान नै चलाएर एक हप्ता भन्दा बढी सडकमै बिभिन्न कार्यक्रम गरेर आर्थिक संकलन गरे | युथ हेल्पिङ ह्यान्डस पोखरामा आबद्ध युवाहरुले यो अभियान चलाएका हुन् |
यहि जेष्ठ ५ गते पोखराको लेकसाइडमा चटपट तथा पानी पुरीको स्टलबाट अभियान सुरु गरेका उनीहरुले कहिले बिद्यालय चाहारे त कहिले सडक सडकमै आर्थिक संकलन गरे | यति मात्र हैन अन्तिम दिन सांगीतिक कार्यक्रम समेत गरेर सहयोग संकलनमा कुनै कसुर बाँकी राखेनन् |
परोपकारी मन भएका युवाहरु एकजुट भएपछी असम्भव भन्ने के नै छ र ? यसरी सडकमै बिभिन्न कार्यक्रम गरेर एक लाख ३१ हजार संकलन गरेका उनीहरुले आज बिहिबार बिरामीको आफन्तको खातामा पठाइदिएका छन्|
“कोहि व्यक्ति गरिबीकै कारण उपचार नपाएर मर्न बाध्य हुन्छ भने त्यो मृत्यु नभै हत्या हुनेछ त्यसैले हामीले यो अभियान चलाएर रकम संकलन गरेका हौँ |” कार्यक्रमको संयोजन समेत गरेका हेल्पिंग ह्यान्डस पोखराका संयोजक सुबोध भण्डारीले भने |यसरी आर्थिक अभावमा उपचार गर्न नसक्नेलाई उपचार गराउने दायित्व राज्यको हो तर हामी नागरिकले समेत आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ भनाइ थियो |
यसरी सामाजिक सेवामा सरिक हुन पाउँदा आफुँलाई समेत सन्तुस्ट मिल्ने अभियानमा सहभागीहरुको प्रतिक्रिया थियो |उनीहरुले आफ्नो अभियानलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति धन्यबाद समेत दिएका छन् |हेल्पिंग ह्यान्डस सामाजिक संजाल फेसबुकको ग्रुप हो |यसमै आबद्ध भएर युवाहरुले बिभिन्न सामाजिक कार्य गरिसकेका छन् |
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला