पोखरा । पोखरामा सम्पन्न प्रदेश ४ स्तरिय राष्ट्रपती कपको उपाधि कास्की जिल्लाले प्राप्त गरेको छ । दुई दिन सम्म चलेको प्रतियोगितामा कास्कीले कुल १८ स्वर्ण, ८ रजत ७ काश्य पदक प्राप्त गर्दै उपाधि हासिल गरेको हो ।
उपाधी संगै कास्कीले नगद २० हजार प्राप्त गरेको थियो । कास्कीले करातेमा २ स्वर्ण २ रजत १ काश्य, तेक्वान्दोमा ३ स्वर्ण १ रजत र १ काश्य, उशुमा ३ स्वर्ण, १ रजत र १ काश्य, भलिबलमा छात्रा तर्फ १ स्वर्ण र कब्बडीमा छात्रा तर्फ १ स्वर्ण प्राप्त गरेको थियो ।
यसै गरि नवलपरासीले दोश्रो स्थान हात पारेको छ । नवलपरासीले ८ स्वर्ण ४ रजत र ४ काश्य प्राप्त ग¥यो भने तेश्रो स्थान हात पारेको लमजुङले ४ स्वर्ण, ४ रजत र काश्य प्राप्त गरेको छ । दोश्रो हुने नवलपरासीले नगद १५ हजार र लमजुङले नगद १० हजार प्राप्त ग¥यो । बिजयी जिल्ला र खेलाडीलाई प्रदेश ४ का सामाजिक बिकास मन्त्रि नर देबी पुन, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल लगाएतले पुरुस्कार पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
सो अबसरमा बोल्दै प्रदेश मन्त्रि पुनले प्रदेशको खेलकुद बिकासका लागि आगामी बजेटमा कुल बजेटको ५ प्रतिशत ल्याउने तयारी गरिएको बताइन । उनले प्रदेश सरकार खेलकुद बिकासमा प्रतिवद्ध भएको जनाउँदै खेलाडीहरुलाई उचित सुविधा प्रदान गर्ने विषयमा समेत लागि पर्ने बताइन । दुइ दिन सम्म चलेको प्रतियोगिता बाट केन्द्रिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि १ सय १६ जना खेलाडी छनौट गरिएको छ ।
कराते, तेक्वाण्दो, उसु, एथलेटिक्स, भलिबल र कबड्डी विभिन्न इभेन्ट्स तथा तौल समुह गरि ३७ स्वर्ण ३७ रजत र ४३ कास्य गरि कुल १ सय १७ पदकमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भलिबल एथलेटिक्स, कवड्डी, उसु, कराँते, र तेक्वान्दो, गरि ११ वटै जिल्लाबाट ७ सय ९२ जना खेलाडी र १ सय ३२ जना निर्णायकहरु गरि जम्मा ९ सय २४ जनाको सहभागीता रहेको थियो ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ