पोखरा । शैक्षिक क्षेत्रवाट योग्य, क्षमतावान र कुशल नागरिक उत्पादन होस् भन्ने चाहना सवैको हुन्छ तर सो चाहना पुरा गर्ने आधार तयार गर्नको लागि आवश्यक प्रणाली विकास गर्ने कुरामा न त सरकार गम्भिर हुन सक्यो न त सम्बद्ध सरोकार वाला पक्षहरु नै ।
जसको कारण शैक्षिक क्षेत्र सबैको चासो भन्दा टाढा हुन पुग्यो भन्दै यसको देश व्यापी चरणबद्ध आन्दोलनमा रहेकोे नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन महानगर कमिटिले पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानवहादुर जिसी र शिक्षा महाशाखा प्रमुख केदार आचार्यलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।
देशको लागि योग्य जनशक्ति उत्पादन गर्ने थलो नै शिक्षा भएको हुुुँदा यसलाई व्यवस्थित र वैज्ञानिक प्रणाली बाट व्यवस्थापन गर्न नसक्ने हो भने वर्तमान सरकारको समृद्ध नेपाल निर्माणको परिकाल्पानाले सार्थकता पाउन नसक्ने हुँदा योग्य शिक्षकहरुको योग्यता अनुरुपको सम्मान, पेशागत सुनिश्चितता, शैक्षिक सुधार र शैक्षिक स्रोतको सहि व्यवस्थापन सँगै समग्र शिक्षा नीतिलाई सवैको चासो र सरोकारको विषय बनाई शैक्षिक क्षेत्रको रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदै आवश्यक पर्दा योग्य र सक्षम शिक्षक मान्ने तर प्रतिकुल समयमा पीछडीएको नागरीक बनाउने प्रवृति विरुद्ध निरन्तर सँघर्षमा रहेको सामुदायिक शिक्षक युुनियन महानगरका अध्यक्ष देवाराज शर्माले बताए ।
२०४८ सालदेखि हाल सम्म कक्षा ११ र १२ मा अध्यापन गराउने देशभरिका सामुदायिक विद्यालयहरुमा हाल सम्म एउटा पनि स्थाइ शिक्षक नभएको तत्कालीन सरकारहरु र राज्यले गरेको विभेदकारी कार्यबाट लामो समयसम्म सेवा गरेका शिक्षकहरु मारमा परेको हुँदा यसको व्यवस्थापनमा महानगर सचेत रहेको र हाल संघ, प्रदेश र स्थानिय सरकारबीच अधिकारको विषयमा पनि केहि बेमेल रहेका कारण सवै तहका सरकारका अधिकार र कर्तव्य सँगै कार्यक्षेत्रहरु विभाजन पश्चात यसको समाधान हुने बताउदै महानगर प्रहुख मानवहादुर जिसिले लामो समय राज्यलाई योगदना गर्ने साविक ११ र १२ मा अध्यापनरत शिक्षकहरलाई न्याय हुने गरी आफ्नो भुमिका रहनेमा आश्वस्त तुल्याएका थिए ।
स्थानिय निकायको अधिकार क्षेत्रमा रहि आफ्नो विवेकले थेग्ने गरि युनियनले उठाएका मुद्दामा सम्बोधन हुने गरि आफ्नो योग्दान रहने गरी कार्य गर्ने बताउदै शिक्षा महाशाखा प्रमुख केदार आचार्यले सामुदायिक शिक्षक युुनियन महानगर सँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु