गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
रञ्जन अधिकारी । चार वर्षमा एकपटक आउने चाड जस्तै हो फुटबल पारखीलाई ‘विश्वकप’ । त्यो पनि ठ्याक्कै एक महिनाको । यसबेला धेरैको निँद हराउँछ । कलाकारलाई पनि विश्वकपको रौनक उत्तिकै लाग्छ ।
विशेष गरी नेपालमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, इंग्ल्याण्ड, पोर्चुगल, नेदरल्याण्डका समर्थक बढी छन् । कलाकारले पनि दोहोरी भिडन्तकै रुपमा आफ्नो टोलीको समर्थनमा गीत गाएका छन् । चर्चित गायक राजु ढकाल र रविन लामिछानेको विश्वकप विशेष गीत भिडियो सहित सार्वजनिक भएको छ ।
गायक ढकाल अर्जेन्टिनाका फ्यान हुन् । मेसीलाई मन पराउने ढकाल गीतमा अर्जेन्टिनाकै सपोर्टमा उत्रिएका छन् । उदयीमान गायक लामिछाने ब्राजिलको सपोर्टमा छन् । यद्यपी गीतको शब्द लामिछानेको हो भने लय ढकालको हो ।
दुर्गा पौडेलेको सिनेमाटोग्राफी र निर्देशन रहेको भिडियोमा महेन्द्र गौतम, देवेन्द्र क्षेत्री, राजेन्द्र सेडाई, डोलराज बाह्रघरे, सरोज कार्की लगायत देख्न सकिन्छ । एकता फिल्मस्को उत्पादन तथा नविन घर्तीमगरको सम्पादन रहेको भिडियोमा दर्शकले खेलका क्रममा गर्ने गतिविधि, उत्साह, निराशा सबैलाई समेटेको छ ।
भिडियोमा लोकप्रिय गायिका देवी घर्ती मगर, बद्री पंगेनी, मुना थापा मगर, महेन्द्र गौतम, देवेन्द क्षेत्री, रमेशबाबु थापा, राजन गुरुङले आफूलाई मन पर्ने टीमका बारेमा धारणा पनि राखेका छन् ।
(न्युज कपी गर्दा गण्डकन्युज डटकमबाट साभार राखिदिन अनुरोध छ)
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह