पोखरा, १२ असार । काठमाण्डौमा बुधबार बाट संचालन हुने स्वर्गीय प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन कास्कीको बक्सिङ टोली त्यस तर्फ प्रस्थान गरेको छ ।
उक्त प्रतियोगितामा कास्कीका ९ जना प्रतियोगीले विभिन्न तौल समुहमा सहभागिता जनाउने छन । जस अनुसार ४१ केजीमा विष्णु गौतम, केशर बहादुर नेपाली र जिनेश गौतमले समान ५२ केजी, दिनेश बानिया ५६ केजी र रेक बहादुर शुव्वा ६० केजी तौल समुहमा प्रतिष्पर्धा गर्दैछन ।
त्यसै गरि अनिल थापा मगरले ६४ केजी, दिपक सुनुवार ८१ केजी, शुसान्त पुन ९१ केजी र मुन्ना गुरुङले ९१ भन्दा माथीको तौल समुहमा प्रतिष्पर्धा गर्ने टिमका प्रशिक्षक लोक बहादुर गुरुङले बताए ।
प्रशिक्षक गुरुङका अनुसार कास्की बाट सबै भन्दा कम उमेरका खेलाडीमा मुन्ना गुरुङ र शुसान्त पुन रहेका छन । उनका अनुसार ९१ केजी तौल सुमहमा १६ वर्षिय शुसान्त पुन र ९१ केजी तौल समुह भन्दा माथी सुपर वेटमा १५ वर्षिय मुन्ना गुरुङ रिङमा उत्रिने छन । उमेरले दुबै जना सानो भए पनि प्रशिक्षणले भने खारिएको उनले बताए ।
प्रशिक्षक गुरुङले केशर बहादुर नेपाली, दिनेश बानिया र दिपक शुनुवारले आ–आफ्नो वेटमा प्रतियोगितामा कास्कीका लागि पदक हासिल गर्ने दावी समेत गरे । कास्की बक्सिङ टिमको टिम म्यानेजरमा डिल्लीराज पुन रहेका छन ।
काठमाण्डौ जाने टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार र वरिष्ठ बक्सिङ प्रशिक्षक एवम क्षेत्रिय खेलकुद प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले बिदाई गरेका थिए ।
लैनचौर स्थित टेनिस हलमा संचालन हुने प्रतियोगिताको उदघाटन गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’