पोखरा । नेपाल खेलकुद पत्रकार मंच कास्कीद्वारा आयोजित तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्डका बिजेतालाई बतास ब्रर्दश प्राली नयाँ बजार पोखराले बाइक र स्कुटर हस्तान्तरण गरेको छ ।
बतास ब्रर्दशले सम्पूर्ण प्रक्रिया पुरा गरे पछि बाइक र स्कुटर खेलाडीलाई हस्तान्तरण गरेको हो । बतास ब्रर्दशका सहायक महाप्रवन्धक विश्वमणी भण्डारीले बतास शो रुममा आयोजित एक कार्यक्रमका बिच तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्डका बिजेता पुरुष खेलाडी कमल भण्डारीलाई अपाचे मोटरसाइकल र महिला खेलाडी बिमला नेपालीलाई विगो स्कुटर हस्तान्तरण गरेका हुन ।
सो अबसरमा सहायक महाप्रवन्धक भण्डारीले नेपाल खेलकुद पत्रकार मंच कास्की संग जोडिएर पोखरा स्र्पोट्स अर्वाड मार्फत खेलाडीलाई प्रोत्साहन स्वरुप बाइक र स्कुटर प्रदान गर्न पाएकोमा खुसी लागेको बताए । उनले आगामी वर्षहरुमा पनि यस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीले साथ दिने बताए । उनले बिजेता खेलाडी लाई बाइक र स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।
सो अबसरमा नेपाल खेलकुद पत्रकार मंच कास्की अध्यक्ष केशब पाठक, बतास ब्रर्दशका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट, मंचका उपाध्यक्ष दिननाथ बराल, सचिव रञ्जन अधिकारी, कोषाध्यक्ष बिजय नेपाल लगाएत अन्य खेलाडी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
नेपाल खेलकुद पत्रकार मंच कास्कीद्वारा आयोजित तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्ड २०७५ जेठ १८ गते सम्पन्न भएको थियो । मंचले आगामी वर्ष बाट प्रदेश स्तरिय स्र्पोट्स अर्वाड गर्ने अध्यक्ष पाठकले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह