अश्विन दानी, गोरखा । गोरखालाई लोडसेडिङ मुक्त घोषणा गरिएको एकबर्ष बित्यो । तर, व्यवहारमा त्यो महसुस गर्न गोरखाबासीले पाएका छैनन् । अहिले बत्ती झ्याप्प झ्याप्प जाने गर्दा लोडसेडिङ मुक्त क्षेत्रले गिज्याइरहे जस्तो लाग्छ ।
नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र, गोरखाले गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरेपनि प्राधिकरणको अनियमितताका कारण गोरखाबासीले दैनिक लोडसेडिङको मार खेप्ने गरेका छन् ।
गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र भनेर प्राधिकरणले गोरखाली जनताहरुलाई झुक्काएको मानब अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदुप अधिकारी बताउँछन् । ‘लोडसेडिङ मुक्त क्षेत्र भन्ने अनि लाईन मारेको मारै गर्ने’ अधिकारीले भने ‘कुन बेला लाईन आउँछ, कुन बेला जान्छ थाहै हुँदैन । सरकारी कार्यालयहरुमा केही काम लिएर गयो, लाईन छैन भन्दै घण्टौँ कुर्नुपर्छ ।’
गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्नु अघि ठाउँ अनुसार विद्युत आपूर्ति हुने समय निर्धारण गरिन्थ्यो । गोरखाबासी सोही निर्धारीत समयलाई आधार मानेर कुन बेला के काम गर्ने भनेर आ—आफ्नो समय तालिका बनाएर काम गर्ने गर्थेँ । तर, गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरे पछि कुन समयमा लाईन जान्छ कुन समयमा आउँछ भन्ने कुरा थाहा नहुँदा गोरखालीबासीले समस्या भोग्ने गरेका छन् ।
‘विद्युत आउने जाने ठेगान नहुँदा भनेको बेलामा कुनै काम गर्नै पाईदैन’ अधिकारी भन्छन् ‘यो त, विज्ञान र प्रविधिको युग हो । सबै काम प्रबिधिबाटै गर्र्ने गरीन्छ । तर, प्राधिकरणले बत्ति झयाप्प झ्याप्प मार्दा भनेको समयमा कुनै काम गर्न सक्ने अबस्थै छैन ।’
गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्दा जिल्लाका काठे पोललाई हटाएर फलामे पोल खरिद गर्न विद्युत् प्राधिकरण गोरखाले विद्युत रोयल्टीको छ करोड रुपैँया छुट्टाईएको थियो । तर, अहिले पनि प्राधिकरणले लाईन झ्याप्प झ्याप्प जानुको कारण काठे पोल नै हो भनेर बताईरहेको छ ।
बर्खा याम भएकाले निरन्तर परेको पानीका कारण बिभिन्न ठाउँका पहिरोले गर्दा पोलहरु ढल्ने, ट्रान्समिटर पड्किने तथा बिबिध प्राबिधिक समस्याका कारण बत्ति झ्याप्प झ्याप्प हुने गरेको नेपाल बिघुत प्राधिकरण बितरण केन्द्र गोरखाका प्रमुख माधब न्यौपानको भनाई छ ।
‘गोरखाका अधिकांश ठाउँमा काठे पोल छ’ उनले भने ‘बर्खाको पानीले गर्दा काठे पोल भाँचिने र ढल्ने गर्छ । ग्रामिण ठाउँमा भनेको समयमै गाडी नजाँदा बत्ति बनाउन जान केही समयनै लाग्छ । त्यसैले समयसमयमा बत्ति जाने गरेको हो ।’ आगामि दिनहरुमा समय समयमा हुने विद्युत अबरुद्धलाई सुधार गर्ने न्यौपानेले बताए ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?