‘यो साल माइत नजाऊ है कान्छु, बुटवल बजार घुमाउन लैजान्छु…’ (भिडियो)

‘यो साल माइत नजाऊ है कान्छु, बुटवल बजार घुमाउन लैजान्छु…’ (भिडियो)

Suman Anjali

तिम्रो पनि क्यारी मन थिर होला, बुढा एक्लै छन् भन्ने पीर होला
यो साल माइत नजाऊ है कान्छु, बुटवल बजार घुमाउन लैजान्छु

बस्नु दुई दिन पकार खाएर, बरु भाँडा माझ्छु मै आएर
यसपालीलाई नरोक कान्छु, आइसाल तिम्ले जे भन्छौ त्यही मान्छु

एक दिन पनि साथ नछुट्टिएका जोडीको भावना समेटेर नयाँ तीज गीत सार्वजनिक भएको छ । पकाएर खान चिन्ता मान्ने श्रीमान्ले तीजमा माइत नजान आग्रह गर्ने तर श्रीमती भने यसपाली नगई नछाड्ने जिद्धीलाई गीतमा समेटिएको छ ।

अहिले सर्वाधिक चर्चित अञ्जली अधिकारी मोडल छन् भने उनलाई उदयीमान लोकगायक समेत रहेका सुमन केसीले साथ दिएका छन् । कर्णप्रिय स्वरका धनी किशान नेपाली र तारा गदालको आवाज रहेको छ भने भाका पनि किसान नेपालीकै हो । कमल अर्यालको शब्द रहेको छ । भिडियोमा अञ्जली र सुमनले निकै राम्रो नृत्य गरेका छन् ।

थ्रीस्टार मिडियाले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको सो गीत सरीता नेपाली र तारा गदालले बजारमा ल्याएका हुन् । समिर थोकरको निर्देशन रहेको भिडियो रेशम दर्लामीले खिचेका हुन् । सम्पादन प्रदीप दाहालको छ भने एरेन्ज तारानाथ आचार्यको रहेको छ । प्यारी श्रीमती टाढा नहोस् भन्ने श्रीमान् र तीजमा माइत जानैपर्छ भन्ने श्रीमतीकको व्यथा गीतमा समेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds