अश्विन दानी, गोरखा । एकसातादेखि निरन्तर परेको पानीका कारण भुइँचालोले थिलोथिलो भएको घार्चे गाउँपालिका—७ खानीगाउँमा धाजा फाटेको छ । गाउँभित्र धाजा फाटेपछि डरले गर्दा स्थानीय १२ घरधुरी बिस्थापित भएका छन् भने गाउँ नै जोखिममा परेको छ ।
खानीगाउँमा हाल ७३ घरधुरी बसोबास गर्ने गरेको स्थानीय सचिन गुरुङले जानकारी दिए । ‘७३ मध्ये ११ जनाको घर पहिरोले तान्न लागेको छ’ गुरुङले भने, ‘जुनसुकै बेला पनि पहिरोले लान सक्ने भएपछि अति जोखिम १२ परिवारले घर छोडिसके ।’ त्यहाँबाट बिस्थापीत हुने घरमा मानिसहरु दिनभरी बारीमा काम गर्ने र रातपरेपछि आफन्तको घरमा गएर बस्ने गरेको उनले बताए ।
पुन्दराम गुरुङ, सेते गुरुङ, चित्रा गुरुङ, कान्छा गुरुङ, माहिला गुरुङ, चन्द्रमान गुरुङ, शेरमान गुरुङ, गर्बु गुरुङ, मन्थल गुरुङ, बनघरे गुरुङ, सुकपल गुरुङ, कान्छा गुरुङ, उतपाल गुरुङ, आशबहादुर गुरुङ, सोममाया गुरुङ, बिमान गुरुङ, बिमाया गुरुङ, सचिन गुरुङ र बिसराम बिकको परिवार विस्थापित भएको उनले बताए । ‘साँझ बिहानको खाना खान मात्र घरमा आउँछन्, बाहिरै काम गर्छन, बाहिरै बस्छन’ गुरुङले भने
जोङकङडाँडाबाट झरेको पहिरोले गाउँभित्र धाजा फाटेको स्थानीयको भनाइ छ । तीनवर्षअघिको भूकम्पले जोङकङडाँडा करिब तीनसय मिटर होचो हुने गरी पहिरो गएएपछि डाँडाभन्दा तल रहेका बस्तीका बासिन्दा त्रसित छन् ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?