न्युजिल्याण्ड । पछिल्लो समय नेपाली विद्यार्थीको रोजाइको मुलुक बन्यो न्यूजिल्याण्ड । वर्षेनी हजारौं विद्यार्थी त्यहाँ पुग्ने गरेपछि अहिले त नेपालीको चहलपहल पनि बढ्दै गएको छ ।
न्युजिल्याण्डमा रहेका नेपालीहरुलाई लक्षित गरी न्युजिल्याण्ड नेपाल सोसाईटीको आयोजनामा शनिबारबाट खेलकुद महोत्सव शुरु भएको छ । न्युजिल्याण्डको अकल्याण्डमा शुरु भएको महोत्सवमा पहिलो हप्ता क्यारमबोर्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लगभग ४० जना खेलाडी सहभागी थिए । प्रतियोगितामा किड्स तर्फको खेलमा मनित केसी र अर्पित अर्याल प्रथम भएका छन् । आरोन श्रेष्ठ र कमल खरेलले दोस्रो स्थान हात पारे ।
यसैगरी, महिला तर्फ रुपा थापा र सुस्मा फुँयाल प्रथम बने भने दोस्रो मिना पौडेल र नोरिका ताम्राकार भएका छन् । वयस्क तर्फ प्रथम स्थान प्रमोद देवकोटा र इन्दु श्रेष्ठले प्राप्त गरे । गणेश बजगार्इं र बिक्रम फुँयालले दोस्रो स्थानमा चित्त बुझाए ।
महोत्सव अन्तर्गतका प्रतियोगिता हरेक हप्ता आयोजना हुने न्युजिल्याण्ड नेपाल सोसाईटीका सहसचिव प्रयाश क्षेत्रिले बताए । प्रतियोगिता हरेक बर्ष आयोजना हुदै आएको छ । नेपाली समुदाय बीच परिचय र मित्रता बढोस् भन्ने उदेश्यका साथ खेलकुद महोसव आयोजना गरिएको सोसाईटीका अध्यक्ष दिनेश खड्काले बताए ।
अब सेप्टेम्बर ८ र १५ तारिखमा ब्याडमिनटन प्रतियोगिता, सेप्टेम्बर २२ मा चेस, २९ मा फुटसल र अक्टोबर ६ मा टेबल टेनिश हुँदै खेलकुद महोसव समापन हुने खड्काले जनाए । सोसाईटीले समय समयमा नेपालीहरुलाई लक्षित गरेर रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन