श्यामशितल परियार, लमजुङ । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराईएको छ । बुधबार देखी परेको वर्षासंगै आएको पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई मस्र्याङ्दी गाउँपालिकाले राहत रकम उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, वडा नं ३ का वडाअध्यक्ष प्रेम बस्नेत र वडा नं ४ का वडाअध्यक्ष सुमन गुरुङ लगायतको एक टोलीले मृतकका परिवारलाई घरमै पुगेर विपद् व्यवस्थापन कोषबाट ५०/५० हजार रुपैयाँ प्रदान गरेको हो ।
पहिरोमा परी ज्यान गुमाएकी मस्र्याङ्दी गाउँपालिका–३, पल्लोटारकी ६५ वर्षे अतिरुपा थापाको छोरा महेन्द्र थापालाई ५० हजार रुपैयाँ, पहिरोमै ज्यान गुमाएकी ८ वर्षे शरिषा थापाको आमा कृष्णकुमारी थापालाई ५० हजार रुपैयाँ, पहिरोमै ज्यान गुमाएकी अर्खलेबेसीकी ७१ वर्षे ललितमाया गुरुङको छोरा ज्ञानेन्द्र गुरुङलाई ५० हजार र पहिरामै ज्यान गुमाएकी अर्की मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी विष्णुकली गुरुङकी छोरी शर्मिला गुरुङलाई ५० हजार रुपैयाँ पहिलो चरणको राहतस्वरुप रकम उपलब्ध गराईएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परी बेपत्ता भएका मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सीप्रसाद तामाङको खोजी कार्य भईरहेको छ । ‘बाढिपहिरोका कारण घाईते भएका, घर क्षतिग्रस्त भएका प्रभावित परिवारलाई पनि गाउँपालिकाले सहयोग गर्नेछ,’ उपाध्यक्ष विकले भने । यसैगरी, पहिरोमै ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले पनि एक/एक लाख रुपैयाँ राहतस्वरुप रकम उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।
उनका अनुसार बाढीपहिरोबाट पूर्ण क्षति भएका ५ घरपरिवारलाई ५० हजार रुपैयाँ सहयोग गरिने छ । घाइतेको निशुल्क उपचारको व्यवस्था गरिएको छ । मस्र्याङ्दीमा बगेर हराएका २ जना अझै भेटिएका छैनन् । ‘बेपत्ता भएकाहरुको पनि खोजी कार्य जारी छ,’ उनले भने । प्रजिअ ढकालका अनुसार विपद्बाट घर क्षतिग्रस्त भएका बाहुनडाँडा, अर्खलेबेशी र रामबजारका प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र लमजुङबाट ४ थान टेन्ट, ८ थान त्रिपाल प्रहरी चौकी खुदी पुर्याइएको छ । बाढिपहिरोबाट प्रभावित घरपरिवारलाई तत्काल राहत वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ