काठमाडौँ । १३ वर्षिय वालिका निर्मला पन्तको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेक बाहिर आएको छ ।
आफ्नोे जन्म दिनको अवसर पारेर होटल ओपेरा निर्मलालाई पनि बोलाएको र निर्मलालाई मोडल बनाइदिने झुटो लोभ देखाएर उनको फोटो सुट गरेका थिए ।
त्यसैले पनि कतिपय स्थानीयले घटनामा उनको संलग्नता समेत रहेको आशंका गरेका छन् । स्थानियको आशंका बढेपछि त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ । होटेलको सिसिटिभीको फुटेज यस अघि नै डिलिट भइसकेको छ । १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो ।
तर सो फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतको भनाइ छ । त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लगाइएको छ ।
होटल ओपेरादेखि निर्मलाको हत्या भएको स्थानसम्म सडकमा राखिएको सिसिटीभी फुटेजलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको छ ।
सम्बन्धित खबर
कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडाैंदेखि पाेखरासम्म अर्जुनको दाैड
स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयले जलाए बस
माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने
यी स्थानमा बदली र वर्षाको सम्भावना
राजनीतिमा शुद्धीकरण र जनताको चेतनास्तर बढेमात्रै समुन्नति हुन्छ: डा. भट्टराई
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन