अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाएका छन्
आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि उनले अाइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै अदालतमा तोडफोड गरेका हुन्। घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ।
उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीकाे घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै अाएका थिए। ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन अाएका थिए। तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन्।
‘मुद्दा हारेपछि नुरप्रसादले हिजो साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्, उनले छलेपछि कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन्,’ रजिष्ट्रार दाहालले नेपालखबरसँग भने, ‘मेरो टार्गेट न्यायाधीशमाथि नै थियो तर, उनीहरूलाई नभेटेकाले इजलास अधिकृतलाई नै हानेको हुँ भन्दै थियो।’
उनकाे आक्रमणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा सानो चोट लागेको छ। यदि कुर्सीले लागेको भए बस्नेत गम्भीर घाइते हुने अवस्था रहेको रजिष्ट्रार दाहालले बताए। संयोगवश उनले कुर्सी छल्न भ्याएकाले ठूलो दुर्घटना हुनबबाट बचेको हाे।
साथै नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन्। ‘ऊ जहिले ठूला कुरा मात्र गरिरहन्थ्यो,’ दाहालले भने, ‘सायद उसले जिम्मा लिएको मुद्दामा केही आश्वासन दिएकाे हुँदो हो, त्यो पूरा नभएपछि आक्रमणमा उत्रियो।’
घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेकाे छ। अहिले उनीहरु जावलाखेल प्रहरीकाे नियन्त्रणमा छन्।
माअाेवादी विद्राेहका बेला मारिएका गाेरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही माग गर्दै अामा गंगामाया अनशनरत छिन् भने बुवा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भइसकेको छ।
सम्बन्धित खबर
अखिल अध्यक्षबाट दुई पटक राजीनामा दिएका डा. कडरियाले अराजक गतिविधि गरेको महासचिव धामीको आरोप
ऋषि धमलाको संरक्षकत्वमा जनादेश पार्टी, पत्नी एलिजालाई उपाध्यक्ष बनाउने तयारी
भष्ट्राचारको छानबिन एमालेबाट सुरू गर, ओलीबाट गर, गण्डकीमा मबाटै सुरु गर: खगराज अधिकारी
कुलमानलाई तत्काल मन्त्रीबाट बर्खास्त गरी अख्तियारमा मुद्धा दर्ता गर्न जेनजी मुभमेन्टको माग
पार्टी नाम र नेतृत्वमा कुलमान टसमस नभएपछि सुदन, सुमना र बालेन अब अलग
राष्ट्रपतिद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई शपथ
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने