ईडीभी कार्यक्रम २०२० का लागि आवेदन आजबाट खुल्दैछ । नेपाली समयअनुसार राति १०:४५ बजेबाट अनलाइन आवेदन दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
आवेदकहरूले दर्ता अवधिभर www.dvlottery.state.gov मा गएर अनलाइन आवेदन दिन सक्नेछन् । त्यसका लागि दुवै कान देखिने गरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो समेत आवश्यक पर्छ ।
आवेदनको मिति आगामी कात्तिक २० गतेसम्म जारी रहनेछ । डीभीको आवेदन दिँदा कुनै शुल्क लाग्दैन ।
कसरी भर्ने ?
आवेदन नि:शुल्क : डि.भी. चिट्ठामा सहभागी हुनका लागि शुल्क लाग्दैन ।
• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ।
• फारम अनलाइन भर्नुपर्ने : सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ।
• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ।
• परिवारका अयोग्य सदस्यको विवरण समावेश गर्न नहुने : सन् २०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति/पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिनेछ।
• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन्।
• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु हुँदैन।
• आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो।
• आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
• तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ७, २०१९(२०७६ वैशाख २४) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ। यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन।
सम्बन्धित खबर
बृद्धभत्ता दिन हामीले सुरु गरेका हौँ: माधव नेपाल
यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड
रास्वपा मधेसकी संस्थापक सभापति शर्मा कांग्रेस प्रवेश, भनिन्- त्यहाँ दागैदाग भएकाको बिगबिगी छ
०७९ की उम्मेदवार बनेकी रास्वपाकी संस्थापक सदस्य भु्र्तेलले छाडिन् पार्टी
राष्ट्रिय सहमति गरेर निर्वाचनमा जाँदा उपयुक्त हुन्थ्यो, पहिले समझदारी गरौँ: पूर्वराजा शाह
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, गगन थापा भन्छन्ः कांग्रेसले भोलिको उज्यालो नेपालको खाका तयार पारिसक्यो
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु