काठमाडौं । सेवाग्राहीसँग घुस लिँदा लिँदै महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रार्इलार्इ एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो ।
रार्इलार्इ अख्तियारले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ । शुक्रबार राति मात्रै उनकै एरियामा पर्ने मुलपानीस्थित जुवाडेको एक अखडामा महानगरीय प्रहरी परिसरको टोलीले छापा हानेको थियो । त्यसक्रममा हामफालेर भाग्न खोज्दा दुर्इजनाले ज्यान गुमाए ।
कागेश्वरी-मनोहरा नगरपालिका मुलपानीस्थित तेण्डु शेर्पाको घरमा संगठित रुपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा प्रहरीको टोली छापा मार्न गएको थियो ।
डीएसपी राईले बौद्ध क्षेत्रमा व्यापारीबाट रकम असुल्ने गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको बताइएको छ । उजुरी परे पनि उनीमाथि कारबाही भएको थिए । बौद्धका व्यापारीले उजुरी दिएपछि प्रहरी मुख्यालय र काठमाडौं परिसरले उनलार्इ सचेत पनि गराएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गरे ।
सम्बन्धित खबर
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
आजको मैसम पूर्वानुमान
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर