भारत । रावणको पुत्ला दहन गरिरहेको भीडलाई रेलले ठक्कर दिँदा भारतको अमृतसरमा कम्तिमा ६० जना भन्दा बढीको ज्यान गएको छ । प्रत्यक्षदर्शीले दुइ सय जना मारिएको दावी गरेका छन् ।
शुक्रबार पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले जोडाफाटकमा रेलवे ट्रयाक नजिकै दसहराको साँझ रावणको पुत्ला दहन गरिरहेको जनसमूहलाई ठक्कर दिएको हो । विभत्स दुर्घटनामा एक सय बढी घाइते भएका छन् । रेलको ट्रयाकमा उभिएर मान्छेहरु दशहराको रमाइलो हेरिरहेका थिए ।

रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको र त्यही वेला पछाडिबाट आएको रेलले ठक्कर दिँदा विभत्स दुर्घटना भएको बिबिसीले जनाएको छ । अमृतसर प्रहरीले कम्तिमा ६० जना भन्दा बढीको मृत्यु भएको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् । मोदीको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।’
-एजेन्सी
सम्बन्धित खबर
पर्सामा भारतीय नागरिकको शव फेला, हत्याको आशंका
गायिका एलिनाले श्रीमान विष्णुसँग गरिन् सम्बन्धविच्छेद
रहिनन् पञ्चायतकालकी चर्चित नानीमैयाँ दाहाल
बदली र हिमपातको सम्भावना
सुर्खेतमा बस दुर्घटना हुँदा ३५ जना घाइते, ६ गम्भीर
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति