भारत । रावणको पुत्ला दहन गरिरहेको भीडलाई रेलले ठक्कर दिँदा भारतको अमृतसरमा कम्तिमा ६० जना भन्दा बढीको ज्यान गएको छ । प्रत्यक्षदर्शीले दुइ सय जना मारिएको दावी गरेका छन् ।
शुक्रबार पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले जोडाफाटकमा रेलवे ट्रयाक नजिकै दसहराको साँझ रावणको पुत्ला दहन गरिरहेको जनसमूहलाई ठक्कर दिएको हो । विभत्स दुर्घटनामा एक सय बढी घाइते भएका छन् । रेलको ट्रयाकमा उभिएर मान्छेहरु दशहराको रमाइलो हेरिरहेका थिए ।

रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको र त्यही वेला पछाडिबाट आएको रेलले ठक्कर दिँदा विभत्स दुर्घटना भएको बिबिसीले जनाएको छ । अमृतसर प्रहरीले कम्तिमा ६० जना भन्दा बढीको मृत्यु भएको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् । मोदीको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।’
-एजेन्सी
सम्बन्धित खबर
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित