श्यामशितल परियार, लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले समाजवादी क्रान्तिका लागि औद्योगिक पूँजीको अनिवार्यता हुने बताए छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर संयन्त्र सुन्दरबजार लमजुङद्धारा शुक्रबार सुन्दरबजारमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा औद्योगिक पूँजीको विकास गर्नु जरुरी रहेको उल्लेख गरेका हुन् ।
सामन्तवाद, दलाल र पूँजीवाद विस्थापित गर्न सकेमा मात्रै औद्यागिक पूँजीको विकास हुने उनले बताएका छन । ‘औद्यागिक पूँजीको विकास गर्न सकिएमात्रै समाजवादी क्रान्तिको आधारभूमी तयार हुन्छ,’ उनले थपे ।
एकाधिकार दलाल र पूँजीवाद विस्थापित गर्न सरकार, सदन र सडकमा सबै प्रकृयाबाट आफुहरुले पहल गर्न जरुरी रहेको उनले बताएका छन । ‘कम्युुनिष्टबीचको बृहत्तर रुपमा एकतावद्ध हुँदै कम्युनिष्टको नेतृत्वमा मात्रै यो कार्यभार पुरा गर्न हुनसक्छ । अरु विकल्पै छैन,’ प्रतिनिधिसभाका सदस्य समेत रहनुभएको गुरुङले भने ।
नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद मायानाथ अधिकारीले नेकपाले मात्रै देशको विकास गर्न सक्ने, मुलुको गरिबी हटाउन सक्ने दावी गरेका छन् । कार्यक्रममा नेकपाका नेता, कार्यकर्ताका साथै शुभेच्छुकहरुको उलेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु