नेगम परियार, मनाङ । मनाङको नासोँ गाउँपालिका वडा नं. १ ताल गाउँको सिरान तालमा बिहाबार ट्रयाक्टर दुर्घटना भएको छ । ताल गाउँको मस्याङदी नदीबाट बालुवा बोकेर सिरान तालको मनाङ-बेशिसहर सडकखण्डको च्याम्चे तर्फ जादै गरेको ना ७ त ११५४ नम्बरको ट्याक्टर सिरान तालबाट करिब १०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।
भरतपुर महानगरपालिका-७ कृष्णपुर घरका उक्त ट्याक्टर चालक वर्ष ४५ को सोम बहादुर तामाङ्ग घाईते अवस्थामा थप उपचारका लागी लमजुङको सामुदायिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले बताए । ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको खत्रीले बताए ।
त्यस्तै गत १२ गते ग १ त ५६०६ नं.को ट्याक्टरको ठक्करबाट अन्दाजी ४६ बर्षका नाम नखुलेको तर मनाङमा भक भके नाम बाट परिचित एक ब्यक्तिको ज्यान गएको छ । घाईते उक्त नाम नखुलेका ब्यक्तिको उपचारको लागी जिल्ला अस्पताल चामेमा ल्याउदै गर्दा मृत्यु भएको थियो ।
५४ बर्षिया ट्रयाक्टर चालक खोम बहादुर खडका लाइ थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मनाङले हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक खडक बहादुर खत्रीले बताए ।
मृतकको अहिले सम्म पनि कुनै सनाखत तथा परिवार पत्ता लागेको छैन । मृतकको सनाखत नभएकोले मृतक ब्यक्तिको लास जिल्ला स्वास्थ्य कार्यालय मनाङको मुर्दाघरमा राखिएको खत्रीले बताए ।
सम्बन्धित खबर
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
मनाङको तिमाङ जङ्गलमा शुक्रबारदेखि डढेलो, अझै नियन्त्रणमा आउन सकेन
मुख्य समयमै हिउँ नपरेपछि मनाङका स्थानीय चकित
मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प
पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत
जम्न थाले मनाङका नदी र ताल
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति