काठमाडौ । नेपाली रियालिटी शो नेपाल आइडलको पहिलो संस्करणबाट बाहिरिएकी मेनुका पौडेल भारतीय रियालिटी शो सारेगामापाको शीर्ष १५ मा पुगेकी छिन् ।
नेपालमा पहिलो पटक सारेगामापाको अडिसन भएको थियो जसमा उनी चुनिएकी थिइन् । जि टिभीबाट प्रशारण भएको उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ मा आफ्नो प्रस्तुती दिएपछि मेघा अडिसनको लागि छनौट भएकी थिइन् ।
आइतबार भएको मेघा अडिसनमा फिल्म रंग दे बसन्तीको लुका छुपी गीत गाएर निर्णायक मण्डलमा रहेका शेखरको घरानामा उनी प्रवेश गरेकी छिन् । उनको प्रस्तुती पछि जजको रुपमा रहेका संगीतकार शेखर रबजानी र वाजिद खानले स्ट्यान्डिङ ओभेसन दिएका थिए ।
आफ्नो प्रस्तुती दिनुअघि मेनुकाले मेघा अडिशनमा छनौट भएकोमा आफ्नो र पूरा नेपालको लागि यो खुसी कुरा भएको बताएकी छिन् ।
भारतकाे चर्चित रियालिटि साे सारेगामापाकाे इतिहासमै पहिलाे पटक नेपालीबाट सहभागीता जनाएकि उनले फेरी सबैकाे मन जितेकि छिन । पौडेलले सारेगामापाकाे अडिसनमा नै जाेडदार प्रस्तुति दिदै तहल्का मच्चाइरहेकि थिइन ।
अडिसन राउण्ड पार गरेकि उनले मेघा अडिसन समेत पार गर्दै टप १५ मा अाफ्नाे स्थान सुरक्षित गरेकि हुन । नेपालीको झापा जिल्लामा जन्मिएकि मेनुका दुबै अाँखाकाे पहुचबाट बाहिर छिन तर उनी भित्र जादुमय संगितकाे खुबि का साथै कलात्मक गायनकाे क्षमता रहेकाे छ ।
जसकाे कारण यतिबेला उनी निकै चर्चामा अाएकि छिन । नेपाल अाइडलबाट चर्चामा अाएकि मेनुकाकाे गायनलाई देश बिदेशमा बस्ने धेरैले रुचाएका छन । दृष्टिविहिन भएरपनि गित संगितमा राम्राे दख्खल भएकि मुनुकाकाे अडिसनकाे प्रस्तुतिले सारेगामापाका जजहरुले खुलेर तारिफ गर्नुका साथै जुरी जजहरु जर सबै अडियन्सले निकैबेर ताली बजाएर सम्मान समेत गरेका थिए ।
यतिमात्र नभएर जजहरुले उनकाे गायनमा अाखा रसाएका थिए । एकजना जजले तारिफ गर्दै तिम्राे गायनकाे जजमेन्ट गर्ने मेराे अौकात नभएकाे समेत बताएका थिए । मेनुककाे अडिसनकाे प्रस्तुति सामानिक संजाल भरी भाइरल भएकाे थियाे ।
देश बिदेशमा रहेका सबै नेपालीले यसपटककाे सारेगामापालाइ महत्वका साथ हेरेकाे समेत पाइन्छ । यसरी नेपाल र नेपालीकाे नाम उच्च गर्ने चेलीलाइ सम्मान स्वरुप सबैले सपाेर्ट गरौ । उनकाे अागिमी यात्रामा सबैले सहयाेग र माया देखाइदिन अावस्यक समेत रहेकाे छ ।
भिडियो :
https://www.facebook.com/aamatv1/videos/2191881444366764/
सम्बन्धित समाचार :
भारतीय शोमा मेनुकाको चौतर्फी प्रशंसा, जजले भने ‘मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियो सहित)
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते