अहिलेको २१ औँ शताव्दीको तीब्र विकासको समयमा पनि विश्वभरका प्रहरीका लागि कुकुर गतिलो साथी बनिरहेको छ । उच्च घ्राणशक्ति भएको कुकुरले इमानपूर्वक अनुसन्धानमा साथ दिने भएकाले नेपाल प्रहरीले वर्षभरीका उत्कृष्ट कुकुरलाई पुरस्कृतसमेत गरेको छ ।
नेपालीको प्रमुख चाड तिहारको दोस्रो दिन प्रहरीले देशभरका कार्यालयमा रहेका कुकरलाई विशेष पूजा गर्नुका साथै तालिमप्राप्त कुकुरको विशेष कला प्रदर्शनी पनि गरियो । अपराध अनुसन्धानका क्रममा प्रमुख सहयोगी मानिएको कुकुलाई प्रहरी प्रधान कार्यालय अन्तरगतको महाराजगञ्जस्थित कुकुर तालिम केन्द्रसहित देशभरका कार्यालयमा पूजा गरिएको छ । प्रहरी महानिरीक्षक खनालको उपस्थितिमा महाराजगञ्जस्थित केन्द्रीय कुकुर तालिम स्कुलमा तालिमप्राप्त कुकुरको विशेष पूजासहित कुकुरबाट विभिन्न स्टन्टसहितका कला प्रदर्शनी पनि गराइयो ।
त्यसक्रममा यस वर्षको उत्कृष्ट कुकुरमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय, कुकुर शाखा पोखरामा सेवारत जर्मन शेफर्ड जातको ‘कुशल’ लार्इ घोषित गरियो । त्यसक्रममा उक्त कुकुरलार्इ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मेडलसमेत लगाइदिए ।
प्रदेश नं. ४ प्रहरी कार्यालयमा सेवारत कुशलले पोखरामा बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया विकका अभियुक्तलाई पक्राउ गर्न महत्त्पूर्ण भूमिका खेलेको थियो ।
श्रीयाको हत्यापछि कुकुर लिएर जिल्ला प्रहरी कार्यालय कास्कीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको कुकुरले त्यहाँ रहेका कपडा र अन्य प्रमाणलाई सुँघेर घटनामा संलग्न अभियुक्त रहेको स्थान र दिशाबारे संकेत गरेको थियो । उसको त्यही संकेत बुझेर गाउँमा पसेका प्रहरीले कुकुरकै सहयोगमा कुशुमलाई गिरफ्तार गरे । उनले पक्राउ परेलगत्तै घटनामा आफ्नो संलग्नता स्वीकारे ।
प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति स्थापना, अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथामको साथै विशिष्ट व्यक्तिको गतिविधिमा कुकुरले दिएको सेवाको चर्चा गरेका थिए । उक्त अवसरमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले स्कुलको गतिविधिसम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन् ।
सम्बन्धित खबर
ओली सरकारको १०० दिनका उपलब्धि: सहकारी ठगीमा संलग्नमाथि कारबाहीदेखि कन्सर्टसम्म (पूर्णपाठ)
भिड जम्मा पारेर अदालतलाई प्रभावित पार्ने चेष्टा नगर्न रास्वपालाई ७ दलको आग्रह
कांग्रेस-एमाले मिलेर बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली
रास्वपाले न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्योः कांग्रेस
संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने
लायन्स क्लबको सहयोग काभ्रेमा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते