लालबाबुको तिहारः टीका लगाएको हेरेरै रमाए (फोटो फिचर)

लालबाबुको तिहारः टीका लगाएको हेरेरै रमाए (फोटो फिचर)

Tihar 2075 (2)

काठमाण्डौ  । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् भाइटीका । परम्पराअनुसार भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्ने गरिन्छ ।

तिहारको भाइटीकाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाए । अन्य मन्त्रीहरु पनि कोहि गृहजिल्ला पुगेर त कोहि मन्त्री निवासमै भाइटीका लगाए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको यस वर्षको तिहारमा पनि निधार खाली नै रह्यो । एकमात्र दिदी भारतको सीतामढी मझौलियामा छिन् । ७५ वर्षीया दिदी नेवरत बाहेक अरु दिदी बहिनी छैनन् । सर्लाही, बसबरिया गाउँपालिका (साविक धनगढा) मा जन्मिएका पण्डितका परिवारमा दाजुभाइ र एक दिदी हुन् । दाइ रामचन्द्र पण्डित वीरगञ्जमै बस्छन् । मोरङ बिराटनगरमा हुँदा पण्डितले दिदीको अनुपस्थितिमा पनि नजिकका दिदीबहिनी, कार्यकर्ताहरुसँग लगाउने गरेका थिए । उनले टीका नलगाएको ६-७ वर्ष भयो

मन्त्री पण्डितले निवासमै पत्नी बिमलाको भाइटीका कार्यक्रम हेरेर रमाए । यस वर्ष तिहारमा देउसीभैलो टोलीसँग पनि उत्तिकै रमाए । निवास परिसरमा १५ बढी टोली देउसी खेल्न आएको उनले सुनाए । ‘तिहारमा देउसी खेलेको हेर्न मन पर्छ । टीका पनि नलगाउने त हैन, लगाउने पनि गरेको छु । विराटनगरतिर भईनँ ।’ मन्त्री पण्डितले भने– ‘यसपाली घरमै टीका कार्यक्रम हेरेर रमाएँ । सिस्नोपानी देउसीभैलो हेरेँ ।’

मन्त्रीपत्नी बिमला महत पण्डित भाइ रञ्जनलाई भाइटीका लगाउँदै

मन्त्रीपत्नी बिमला महत पण्डित भाइ रञ्जनलाई भाइटीका लगाउँदै

दुई तस्विरमा केहि महिना अघि भारत स्थित घरमा बिरामी परेकी दिदी भेट्दै मन्त्री पण्डित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ