श्यामशितल परियार, लमजुङ । मस्र्याङ्दी गाउँपालिका–२, घनपोखराको थाम्रोभिरमा ‘हनि हन्टिङ’ अर्थात् मह शिकार गरिएको छ । प्रथम मस्र्याङ्दी महोत्सवको अवसरमा थाम्रोभिरमा महशिकार गरिएको हो । पर्यटन प्रवद्र्धनको लागि महशिकार लाई महोत्सवको एक मुख्य आकर्षण बनाईएको आयोजकले जनाएको छ ।
३५ वर्षे बद्धिबहादुर गुरुङ, ३० वर्षे रुद्धबहादुर गुरुङ र ४६ वर्षे भक्तबहादुर गुरुङले कहालीलाग्दो भीरमा महशिकार गरेका हुन् । छङ्गाछुर भीरमा डोरीकै भरमा महशिकार गरेको दृश्यलाई धेरै दर्शकले रुचाएका थिए । महशिकार हेर्ने दर्शकको घुइँचो नै लागेको थियो । महशिकार गरेको हेर्न रमाईलो हुन्छ ।
तर महशिकार गर्न निकै कठीन हुन्छ । ज्यानको बाजी नै थापेर जोखिम मोलेरै ‘महसुर’ महशिकारीले मात्रै महशिकार गर्न सक्छन् । महशिकार गरेको दृश्य प्रत्यक्ष हेर्न पाउँदा निकै रमाईलो अनुभूती भएको नौथरका युवराज अधिकारीले बताउनुभयो । महशिकार हेर्न थाम्रोभीरमा पुगेका दर्शकले महशिकार मात्र हेरेनन् ।
भीर मह समेत खरीद गरेका छन् । महशिकार गरेकै स्थलमा प्रतिमाना ७ सय रुपैयाँका दरले ४० माना मह बिक्री भएको छ । प्रसिद्ध अन्नपूर्ण पदर्मागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीमा ‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार ।
कला, सँस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव गएको मंसिर ३ गतेबाट सञ्चालन भएको हो । महोत्सवको बिहिबार समापन गरिएको छ ।
मौलिक, कला, धर्म–सँस्कृति, भेषभुषाको संरक्षण, जलविद्युतमैत्री गाउँपालिका निर्माण, होमस्टे र पर्यटन प्रवद्र्धनको लागि महोत्सव सञ्चालन गरिएको प्रथम मस्र्याङ्दी महोत्सव मूल समारोह समितिका सह–संयोजक एवम् मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए । मस्र्याङ्दी महोत्सवमा ३० वटा स्टल राखिएका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ