चलचित्र ‘नि प्हुगाल’को ‘आदिमुल वाङो नाउ’ बोलको दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

चलचित्र ‘नि प्हुगाल’को ‘आदिमुल वाङो नाउ’ बोलको दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

bhujel

नेगम परियार, मनाङ । भुजेल समुदायको आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न उद्देश्यका साथ इतिहासमै पहिलो पटक भुजेल भाषामा आधारित ‘नि प्हुगाल’ (हामी भुजेल) नामक चलचित्र को दोस्रो गीत सार्वजनिक भएको छ ।

उक्त चलचित्रमा समावेश भुजेल भाषाको चुट्का ‘आदिमुल वाङो नाउ’ बोलको दोस्रो गीत सार्वजनिक भएको हो । बिमल जीसीको शब्द र कृष्णकुमार गुरुङको सङ्गीत रहेको यस गीतमा पृथ्वी भुजेलले स्वर भरेका छन् । उक्त गीतमा पवित्रा गुरुङको कोरियोग्राफी रहेको छ ।

रेशम भुजेलको परिकल्पनामा भकारि इभेन्टस प्रा।लिको व्यानरमा निर्मित उक्त चलचित्र भुजेल समाज सेवा समिती र भुजेल चलचित्र संघले संयुक्त रुपमा निर्माण गरेका हुन ।

कमल भुजेलको कथा, प्रकाश गुरुङको छायाङकन , कृष्णकुमार गुरुङको निर्देशन, सर्वज्ञमान शाक्य को सम्पादन तथा सहायक निर्देशकमा सोम गुरुङ र ज्ञानु भुजेल रहेको उक्त चलचित्रको कार्यकारी निर्माता कमलबहादुर भुजेल रहेका छन्। चलचित्रमा भुजेल समुदायको चर्चित चुट्का गीत सहित तीनवटा गीत समावेश गरिएको छ ।

इतिहासमै अहिलेसम्म भुजेल भाषाको गीत बनेको मध्य यो दोस्रो गीत हो । पहिलो गीत २०६९ सालमा नी प्हुगाल नामको बनेको थियो ।

चलचित्रको पहिलो गीत सँगै अफिसीएल पोस्टर केहि सयम अगाडि सार्वजनिक भएको थियो । चलचित्र यहि मंसिर १५ गते पोखराको बिन्धबासिनी हलमा ग्राण्ड प्रिमियर सो हुने चलचित्र निर्माण समुहले बताएको छ ।

भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ