श्यामशितल परियार, लमजुङ । लमजुङमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) पाठशाला सञ्चालन गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीमा ६ महिने आईपिएम पाठशाला सञ्चालन गरिएको हो ।
मस्र्याङ्दी आईपिएम कृषक पाठशालाको आयोजना, कारितास नेपालको सहयोग, वातावरण कृषि तथा सामुदायिक अनुसन्धान केन्द्र (ईकोडिआरसी)को सञ्चालनमा पाउँदीमा पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा स्थानीय १५ महिला र १२ पुरुष गरी २७ जना कृषकले सहभागिता जनाएका थिए ।

आईपिएम पाठशालाकी प्रशिक्षक पुष्पा मिश्रका अनुसार स्थानीय श्रोत–साधनको उपयोग गरी आईपिएम विधिबाट खेती गर्न सकिन्छ । यस विधिबाट खेती गर्दा किसानलाई आर्थिक भार पर्दैन । थोरै जग्गामा धेरै उत्पान गर्न सकिन्छ । उत्पादनमा वृद्धि भई खाद्य सुरक्षा बढ्छ । ‘त्यसैले हामीले किसानहरुका माझ आईपिएम पाठशाला सञ्चालन गरेका हौँ,’ उनले बताए ।
तालिममा सिकेको ज्ञान, सीपलाई किसानले व्यवहारमा उतारी खेतीपाती गरेको खण्डमा रासायनिक मलको प्रयोग घट्छ । स्थानीय श्रोत–साधनको उपयोग गरी कृषि उत्पादन बढाउन सकिन्छ । मिश्रका अनुसार ६ महिनाको अवधिमा पाठशालामा सहभागी भएकाहरुलाई खेती गर्दा नर्सरी, रोपाईँ, सरा, दूरी, जातीय, पात काट्ने, गाँझ काट्ने परीक्षण लगायतका विषयमा जानकारी गराईएको छ । किसानलाई झोल मल, बोकासी मल बनाउने तरिका समेत सिकाईएको छ ।

‘झोल मल तयार गर्न ३ महिना लाग्छ । बोकासी मल १५ दिनमै तयार हुन्छ । बिरुवामा लाग्ने रोग किरालाई झोल मलले नियन्त्रण गर्छ । बोकासी मलले खाद्य वृद्धिमा सघाउ पुर्याउँछ,’ प्रशिक्षक मिश्रले भने । स्वस्थबाली उत्पादन, शत्रुजीवको व्यवस्थापन, मित्रुजीवको संरक्षण, बालीको नियमति अवलोकन, बजारमुखी उत्पादन, किसानलाई दक्ष बनाईनु आईपिएमको सिद्धान्त रहेको मस्र्याङ्दी आईपिएम कृषक पाठशालाका अध्यक्ष शिवकुमार पोखरेलले बताए । ‘यसै अनुसार किसानलाई आईपिएम विधिबारे जानकारी गराएका छौँ,’ उनले भने ।
माकुरा, गाईनेकिरा, आँखाफोर, भ्यागुता, स्त्रीभावका खपटे, मौरी, सिम्ले, बागे, खपटे टिके, खपटे गड्यौँला, लामो सिंगे फट्यांग्रा र सर्प बालीनालीका लागि मित्रुजीव रहेको पाठशालामा किसानलाई जानकारी गराईएको छ । बालीनालीका लागि रातो खपटे, छोटो सिंगे फट्यांग्रा, झुसिलकिरा, फड्के किरा, पतेरो, गवारो, लाही, काँडे खपटे, पुतली, मुसा शत्रुजीव रहेकोबारे जानकारी गराईएको छ ।

शत्रुजीवको व्यवस्थापन तथा मित्रुजीवको संरक्षण गरी खेती गर्नुपर्ने ज्ञान पाठशालामा सिकेको र त्यसै अनरुप कृषि कर्म गर्ने तालिममा सहभागी किसान राजु पोखरेलले बताए । पाउँदीमा सञ्चालित आईपिएम पाठशाला सोमबार समापन गरिएको छ ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते