काठमाडौ । हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’को बिजेताको उपाधी आयुष श्रेष्ठले जितेका छन । हात्तीवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो, जसमा आयुस श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए ।
हिमालय टेलिभिजन मार्फत प्रशारण भएको यो एड्भेन्चर रियालिटी शोमा श्रेष्ठले बुटवल अडिसनबाट प्रतिश्पर्धामा सहभगिता जनाएका हुन् । अडिसनमा सहभागी हजारौं प्रतिस्पर्धीहरु मध्ये बाट जर्नि राउन्डमा छानिएका उत्कृष्ट १३ प्रतिस्पर्धिलाई पछि पार्दै उनी विजयी भएका हुन् । विजेताको उपाधीसंगै आयुषले दश लाख नब्बे हजार रुपौया नगद र यामाहा एफ।जेड। २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

बिजेताले कुल २० लाख रुपौया प्राप्त गर्न सक्ने थिए तर जर्नि राउन्डमा खेलाइएका खेलहरु मार्फत प्रतिस्पर्धिहरुले कुल दश लाख नब्बे हजार मात्र जित्न सके । सबैलाई पछि पार्दै आयुसले उक्त रकम हात पार्न सफल भए । हिमालय रोडिजमा प्रतिस्पर्धिहरुको शारिरीक, मानसिक र बौद्दद्धिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक ब्यावहारको पनि मुल्यांकन हुन्छ । भाग्यले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने यस रीयालीटी शोमा प्रतिस्पर्धि्बिचको आपसि बिवाद र खिचातानीले अझ रोमान्चकता थप्छ ।
भारत लगायत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज भायकम अठारको फ्रेन्चाइज हो । यामाहा एफ.जी. मोटरसाइकल मुख्य प्रायोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालका पााच ओटा शहरहरुमा अडिसन गरीएको थियो । अडिसनमा मेन्टरहरुको मन जित्न सफलप्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो ।
पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुर पश्चिमलगिएको थियो र सुदुर पश्चिमका विभिन्न राष्टिय निकुन्ज तथा अन्य आकर्षक ठाउामा प्रतिस्पर्धा गराइएको थियो ।
गत वर्षको सिजन जस्तै यसपटक पनि निर्णायक टिममा रेमन दाश श्रेष्ठ, दिया मास्के र आशिष राना लाउरे थिए भने गत सिजनका विजेता समन श्रेष्ठ र अनिमेश शाही प्रस्तोताका रुपमा उपस्थित थिए । लोकप्रियतासंगै अनेक विवाद खेपिरहने यो रियालीटी शोका निर्देशन अमन प्रताप अधिकारीले गरेका हुन् ।
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते