पाेखरा । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्।
श्रृंखला वरियताक्रम अनुसार १३ नम्बरमा छानिएकी छिन्। मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरमा मोरिसस, दोस्रो नम्बरमा फ्रान्स, तेस्रो नम्बरमा भेनेजुएला, चौथो नम्बरमा फिलिपिन्स, पाँचौ नम्बरमा नाइजेरिया, छैँटौँ नम्बरमा बंगलादेश, सातौँ नम्बरमा चिली, आठौ नम्बरमा लेबनान, नवौँ नम्बरमा मलेसिया र दसौं नम्बरमा ग्वाडेलप देशका सुन्दरीहरु छानिएका छन्।
यस्तै एघारौ नम्बरमा म्यानमार छन भने बाह्रौ नम्बरमा भारत रहेको छ। मिस नेपाल श्रृंखला खतिवडा भने तेह्रौ नम्बरमा छिन्। यस्तै चौधौं नम्बरमा सिंगापुर, पन्ध्रौ नम्बरमा थाइल्याण्ड, सोह्रौ नम्बरमा बुल्गेरिया र सत्रौ नम्बरमा मेक्सिको रहेका छन् भने अठारौ नम्बरमा ट्रनिड्याड एण्ड टोब्याको, उन्नाइस नम्बरमा अर्जेन्टिना र बीसौ नम्बरमा युगान्डाका सुन्दरीहरु छानिएकी छिन्।
मिस नेपाल २०१८ की बिजेता खतिवडासँगै अरु प्रतिस्पर्धीलाई ‘तपाईको देशमा अहिलेको जल्दोबल्दो समस्या के हो? र तपाई यसलाई कसरी समाधान गर्नुहुन्छ?’ भनेर प्रश्न सोधिएको थियो।
जसको जवाफमा उनले भनेकी थिइन्, ‘हाम्रो देशको जल्दोबल्दो समस्या भनेको बेरोजगारी हो, धेरै युवाहरु रोजगारीको अवसरको लागि बिदेश जान्छन्। मलाई लाग्छ, पर्यटनको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्न सकिन्छ। पर्यटन हाम्रो देशको शक्ति हो। मलाई विश्वसामु नेपाललाई बिविध सँस्कृति, धर्म, जनजाति भएको देशको रुपमा चिनाउन मन छ। नेपाली पर्व मनाउन मन पराउन्, रमाउन मन पराउछन्। मलाई विश्वभरका मानिसलाई नेपालमा गर्भसहितको मुस्कानले स्वागत गर्न मन छ।’
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन