धादिङको थार्केमा एकाबिहानै दुर्घटना, बाइक चालकको मृत्यु

धादिङको थार्केमा एकाबिहानै दुर्घटना, बाइक चालकको मृत्यु

20181202_105145

धादिङ । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई धादिङ थाक्रे गाउँपालिका–६ दशकिल्लामा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ मोटरसाइकललाई आइतबार बिहान ८ बजे ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका–५ चिसापानीका नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमै सवार ४२ बर्षीय धन कुमारी भण्डारी भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उनको अहिले धार्के अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनका कारण केहीबेर राजमार्गको सवारी आवागमनसमेत प्रभावित भएको थियो । तर, अहिले अवरोध हटाएर सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ