कर्मचारी समायोजनमा सरकारको कदम : देशैभर कर्मचारी सरुवा रोकियो (पत्र र निर्देशनसहित)

कर्मचारी समायोजनमा सरकारको कदम : देशैभर कर्मचारी सरुवा रोकियो (पत्र र निर्देशनसहित)

general-and-sanghiya-ministry

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया पूरा नभएसम्मका लागि सरुवा रोक्न सरकारका सबै निकायलाई पत्राचार गरेको छ ।

अहिले कर्मचारी सरुवा गर्दा समायोजनमा असर पर्न सक्ने भन्दै समायोजनको पूर्ण कार्यान्वयन अघि सरुवा नगर्न पत्राचार गरेको हो । समायोजनको लागि कर्मचारीको विवरण अद्यावधिक गर्नुपर्ने र यस्तो बेलामा सरुवा हुँदा समस्या पर्ने भएकाले नयाँ कदम चालिएको मन्त्रालयले जनाएको छ ।

माघ १५ गतेभित्र कर्मचारी समायोजनको काम सक्ने लक्ष्य अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सुरु भैसकेको पनि मन्त्रालयको दावी छ । यो विषयमा ८८ हजार भन्दा धेरै कर्मचारीलाई एसएमएसमार्फत जानकारी गराइएको मन्त्रलायले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै मन्त्रालयले जिल्ला समन्वय समितिहरुलाई आफ्नो जिल्लाका स्थानीय तहमा रहका कर्मचारीको विवरण १५ दिनभित्र पठाउन पनि निर्देशन दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ