नेगम परियार , मनाङ । मनाङ जिल्लाको सदरमुकाम चामेमा रहेको जिल्ला प्रहरी कार्यालय नजिकै सय मिटर भित्र आज चोरी भएको छ ।
चामे गाउँपालिका वडा नं.३ स्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको चामे मोबाईल केयर सेन्टर पसलमा आज बिहान करिब तिन देखि चार बजेको समय भित्र चोरी भएको हुन सक्ने मोबाईल पसलका संञ्चालक बसन्त गुरुङले बताए ।मोबाईल पसल चामेको मुख्य सडककै छेउमा रहेको संञ्चालकको घर अगाडी सानो पसल गरी संञ्चालनमा आईरहेको थियो ।
बिगत केहि महिना अगाडीबाट मोबाईल पसल संञ्चालक बसन्त गुरुङ मोबाईल पसल बन्द गरि ओम डेभलपमेन्ट बैँकमा कार्यरत गुरुङको मोबाईल पसलमा स्टक रहेको बिभिन्न ब्रान्डका मोबाईलहरु चोरी भएको हो ।
गुरुङका अनुसार साना ठुला मोबाईल गरी करिब एक लाख रुपैँया बराबरको मोबाईल चोरी भएको सञ्चालक गुरुङले प्रहरीलाई खबर गरी उजुरी दिँदा बताए ।
मोबाईल चोरले पसलको ताल्चा एक रडको सहायताले तोडेको प्रमाण नजिकै चोरले छोडेको रडले जनाउँछ । घटना दर्ता भएको छ र चाँडै नै चोरलाई नियन्त्रण गरीने प्रहरी निरिक्षक शरणकुमार बि.क ले बताए ।
चोर चिनजानेकै हुन पर्ने आशंका सञ्चालक गुरुङको बनाई छ । मनाङमा केहि समय अगाडीबाट चोरीको घटनाहरु बढ्दै आएको छ । केहि समय अगाडी पनि गुम्बामा राखिने दान पेटिका चोरी भएको थियो ।

सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो