पोखरा : थुनामुक्त भएसँगै गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले सपथ खान पाऊँ भनी प्रदेशसभामा निवेदन दिएका छन्।
बिहीबार मध्यान्ह १२ बजेतिर सेतो स्कारपियोमा संसद सचिवालय प्रांगणमा पुगेका मनाङेले आफू नगई आफ्ना प्रतिनिधिलाई आफ्नो निवेदन दिएर प्रशासनमा पठाएका थिए। उनको निवेदन १८६ नम्बरमा दर्ता भएको छ । उनले सपथको लागि निवेदन दिए पनि छिटै सपथ हुन नसक्ने बताइएको छ। उनी थुनामुक्त भए पनि उनीविरुद्धको मुद्दाको फैसला नभइसकेकोले उनले सपथ लिन नपाउने भएका हुन्।
सभामुख नेत्रनाथ अधिकारीले पनि उनको सपथ हुने/नहुने विषय कानुनबमोजिम हुने बताए। ‘कानुनभन्दा बाहिर हामी जान सक्दैनौँ,’ उनले भने, ‘मैले उहाँलाई पनि यहि भनेको छु। कानुनले रोक्यो भने रोकिन्छ, नत्र रोकिँदैन। हामी परामर्शमा छौँ।’ यता गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरेले यससमन्धी सबै अधिकार सभामुख कहाँ रहेको बताए । त्यस्तै उनले बिहीबार नै प्रदेशका विभिन्न मन्त्रालयमा पुगेर मन्त्रीहरूसँग भेटघाट पनि गरे।
मनाङ ‘ख’ प्रदेशसभा सदस्य विहीन
अहिले मनाङ प्रदेशसभा ‘ख’ प्रदेशसभा सदस्यविहीन रहेको छ। निर्वाचित भए पनि मनाङे सपथ लिनै नपाई विभिन्न अभियोगमा जेल गएपछि मनाङ प्रदेशसभा ‘ख’ जनप्रतिनिधिविहीन भएको हो। मनाङे कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएपछि जेल चलान भएका थिए। तर, उनी हालै जेलमुक्त भने भए। प्रदेशका सांसदहरूले यहाँ उपनिर्वाचन गराउन माग गरेका थिए।
प्रदेशसभा निर्वाचनमा पहिले एमालेबाट उमेदवार बनेका उनलाई चौतर्फी विरोधपछि एमालेले उमेदवार नबनाउने निर्णय गरेको थियो। तर, एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङे स्वतन्त्र उम्मदेवार बनेर चुनाव लडे र जिते। उनी मनाङको प्रदेशसभा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्ष चुनाव जितेर आएका हुन्। पहिले राप्रपा रहेका उनी एमालेबाट चुनाब लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए।
-सन्तोष अधिकारी/थाहा खबर
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए