नेगम परियार, मनाङ । मनाङमा हिमपात सुरु भएसंगै खानेपानीमा समस्या आएको छ । बर्षे पिच्छे हिमपातको समयमा मनाङ जिल्लामा खानेपानीमा थप समस्या हुने गर्दछ ।
हिमपात भए पछि खानेपानीको ट्याङ्की नै जम्ने र पानी पनि पाईपमा नै जम्ने भएकोले खाने पानीमा समस्या आउन थालेको स्थानीय बासीहरुको भनाई छ । गत बिहिबारको रातभरको भारी हिमपातका कारण खाने पानीमा थप समस्या आएको हो ।

बिहान उठनै सकिन्न जाडोले गर्दा त्यसै माथी उठनु बित्तिकै भाडा माझनु पर्छ, धारामा पानी पनि आउदैन, बेलुका नै भरेर राखौ भने फेरी भाडामानै जमेर बरफ हुन्छ । धारामा पानी नआउदा सारै समस्या भएको बताउछिन स्थानीय धनमायाँ बि.क । बिहान पानी नआउने र दिउँसो घाम लागे मात्र आउने गर्दछ खानेपानीको धारामा पानी । धारामा खानेपानी आउनको लागी घाम कुरेर बस्नु पर्ने बाध्यता रहेको बि.क.ले बताईन ।

बि.क.ले भने झै मनाङमा हिमपात सुरु भए पछि यस्तै समस्या भोग्नु बाध्यता नै हो । कि त हिमपात नभएको बेला कित घाम लागे पछि त्याङ्कीमा जमेको बरफ र पाईपमा जमेको बरफ पग्लन्छ अनि मात्र आउछ धारामा पानी । वर्षमा एक पटक खानेपानीमा समस्या जहिले हुने भएकोले कुनै नयाँ नलागेको बि.क.ले बताईन ।
यो पनि पढ्नुहोस :
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ